+
+
Shares

रामेछापमा गाडी दुर्घटना, ९ जना घाइते

अनलाइनखबर अनलाइनखबर
२०७४ असोज १० गते १२:३०

१० असोज, रामेछाप । रामेछाप जिल्लाको लिखु गाउँपालिका-७ तिल्पुङ हलेदेमा सुमो दुर्घटना हुँदा ९ जना घाइते भएका छन् ।

मंगलबार विहान लिखु गाउँपालिका वडा नम्बर ६ खिम्तीबाट सदरमुकाम मन्थली आउँदै गरेको ना १ ज ६०३९ नम्बरको सुमो दुर्घटनामा परेको हो ।

दुर्घटनामा परी घाइते भएका मध्ये एकको अवस्था गम्भीर छ । दुर्घटनामा परी घाइते सबैको सदरमुकाम मन्थलीमा रहेको तामाकोशी सहकारी अस्पतालमा उपचार भइरहेको छ ।

घाइते भएका मध्य एकको अवस्ता गम्भीर रहेकाले काठमाडौं पठाउने तयारी भइरहेको तामाकोशी सहकारी अस्पतालका निर्देशक डा. सुमन कर्माचार्यले जानकारी दिए ।

गाडी तीव्र गतिको कारण दुर्घटना भएको हुन सक्ने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?