+
+
Shares

दार्चुलाको गोकुलेश्वर अस्पतालमा आन्दोलनको प्रभाव परेन, सबै सेवा सञ्चालन

सन्तोष कोट्टारी सन्तोष कोट्टारी
२०७४ असोज १० गते २०:०४

१० असोज, दार्चुला । सरकारले माग पूरा नगरेको भन्दै नेपाल चिकित्सक संघले असोज ६ गतेदेखि अस्पतालहरुमा आकस्मिक बाहेकका सेवाहरु ठप्प पारे पनि दार्चुलाको गोकुलेश्वरमा भने आन्दोलनको कुनै प्रभाव परेको छैन ।

ओपीडी तथा आकस्मिक सेवा निर्वाध रुपमा सञ्चालन गरिएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष धनबहादुर विष्टले जानकारी दिए । मौसम परिवर्तनसँगै विरामीहरुको चाप बढिरहेका बेला स्वास्थ्य जस्तो संवेदनशील क्षेत्र बन्द गर्नु उचित नभएको भन्दै सबै सेवा निर्वाध रुपमा सञ्चालन गरिएको अस्पतालले जनाएको छ ।

उपचारको क्रममा बिरामीको मृत्यु भए त्यसको क्षतिपूर्ति स्वयं चिकित्सकले र्नै तिर्नुपर्ने निर्णय गरेपछि चिकित्सकहरु आन्दोलनमा उत्रिँदा आज पाँचौ दिन पनि देशभरका स्वास्थ्य संस्थामा आकस्मिक बाहेक सेवा ठप्प छन् ।
दार्चुला जिल्लाको गोकुलेश्वर अस्पताले आकस्मिक सेवाको टिकटसमेत निःशुल्क गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?