Comments Add Comment

निजामती, सेना र प्रहरीलाई दशैंमा ६ अर्ब पेश्की

पेन्सनधारीसमेत गरी पाँच लाख ५६ हजार जनाले पाउँछन् चाडबाड खर्च

सेना, प्रहरी र कर्मचारी दाङको राजपुर गाउँपालिका कार्यालय परिसरमा । फाइल तस्वीर

११ असोज, काठमाडौं । सरकारले दशैंमा ठूलो रकम पेश्कीमा खर्च गर्छ । महालेखा नियन्त्रकको कार्यालयका अनुसार यसपटकको दशैंमा सरकारले पेश्कीस्वरुप ६ अर्ब ११ करोड रुपैयाँभन्दा बढी खर्च गरेको छ ।

यो रकम निजामती र सुरक्षाकर्मीलाई दिइने पेश्कीवापतको हो ।

हाल विभिन्न क्षेत्र, तह र अवकाशप्राप्त गरी करिब पाँच लाख ५६ हजारलाई दशैं पेश्की जाने गरेको छ । तीमध्ये निजामति कर्मचारी ८६ हजार, सैनिक करिब ९० हजार, सशस्त्र प्रहरी ३५ हजार र नेपाल प्रहरी करिब ६५ हजारको संख्यामा छन् ।

निजामती र सुरक्षाकर्मीबाहेक शिक्षक, करारका कर्मचारी र पेन्सनधारीलाई पनि सरकारले चाडबाड खर्च शीर्षकमा एक महिनाको अतिरिक्त रकम भुक्तानी दिन्छ ।

हाल शिक्षक करिब डेढ लाख छन् भने पेन्सनधारी करिब एक लाख जना छन् । त्यसबाहेक निजामती सेवाको करारमा करिब २२ हजार कर्मचारी छन् । स्थानीय तहतर्फ झण्डै आठ हजार कार्यरत छन् ।

चाडबाड शीर्षकमा कति खर्च हुन्छ भन्ने एकीकृत तथ्यांक नभएको अर्थ मन्त्रालयको बजेट महाशाखा प्रमुख केवल भण्डारी बताउँछन् ।

गत वर्षसम्म करारका कर्मचारीले चाडबाड खर्च पाउँदैनथे । यस वर्षदेखि दिइन थालेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment