Comments Add Comment

बाराको कलैया उपमहानगरपालिकामा नेपाली कांग्रेस विजयी

११ असोज, बारा  । कलैया उपमहानगरपालिकामा नेपाली कांग्रेस विजयी भएको छ । मेयर र उपमेयर दुबैमा कांग्रेसका उम्मेदवारहरू विजयी भएका हुन् । 
मेयरमा कांग्रेसका  राजेश राय यादवले १० हजार ९०३ मत ल्याएर विजयी भएका छन् भने उपमेयरमा पनि कांग्रेसकै रहिमा खातुनले १० हजार ५३८ मत ल्याएर विजयी भएकी हुन् ।
मेरका निकटतम प्रतिस्पर्धी एमालेका  विनोद साहले १० हजार ७१६ मत ल्याए भने  उपमेयरका निकटतम प्रतिस्पर्धी एमालेकै प्रतिमा यादवले १० हजार ३७२ मत ल्याएकी छन् ।
 उम्मेदवार थिए ।
कलैयामा कांग्रेस, एमाले र संघीय समाजवादी फोरमबीच कडा प्रतिस्पर्धा थियो । संघीय समाजवादी फोरम नेपालबाट मेयरमा प्रमोद प्रसाद गुप्ता र उपमेयरमा लक्ष्मीदेवी पटेल उम्मेदवार थिए ।
जिल्लाका दुर्इ उपमहानगरपालिका मध्ये कांग्रेस र एमालेले एक/एक वटामा जित हात पारेका छन् । यस अघि एमालेले जितपुर-सिमरा उपमहानगरपालिकामा जितेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment