Comments Add Comment

रोल्पाबाट माओवादी उम्मेदवारः वर्षमान दम्पतीदेखि प्रचण्डको स्वकीय सचिवसम्म

वर्षमान पुन ‘अनन्त’

१६ असोज, लिवाङ । नेकपा माओवादी केन्द्र रोल्पाले प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवार टुंगो लगाएको छ । माओवादीले प्रतिनिधिसभा निर्वाचनका लागि वर्षमान पुन ‘अनन्त’लाई सिफारिस गरेको छ ।

अनन्त पूर्वअर्थमन्त्री र पूर्व शान्तिमन्त्री बनिसकेका माओवादी केन्द्रका प्रभावशाली नेता हुन् ।

यसैगरी प्रदेश सांसदका लागि रोल्पा क्षेत्र नम्बर १ बाट सचिवालय सदस्य जोखबहादुर महरा र युवा नेता कुलप्रसाद केसी ‘सोनाम’लाई सिफारिस गरिएको छ ।

महरा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको स्वकीय सचिव समेत छन् । बादल समूहबाट एकता प्रक्रियामा आएका सोनाम भने अहिलेसम्म कुनै पनि लाभको पदमा पुगेका छैनन् ।

यसैगरी क्षेत्र नं. २ बाट भने केन्द्रीय सचिवालय सदस्य दीपेन्द्र कुमार पुनमगर ‘सिजल’लाई सर्वसम्मत रुपमा उम्मेदवार सिफारिस गरिएको छ । विद्यार्थीबाटै राजनीतिमा लागेका पुन जनयुद्धकालमा एउटा हात गुमाएका छन् ।

यसैगरी समानुपातिक तर्फ केन्द्रीय सांसदका लागि पूर्वमन्त्री जयपुरी घर्तीमगर, हाल सभामुख रहेकी ओनसरी घर्तीमगर सिफारिसमा परेका छन् ।

प्रदेशका लागि क्षेत्र नं. १ बाट चन्द्रबहादुर बुढामगर ‘शेष’, मिना बुढामगर ‘प्रतिक्षा’, पवनकुमार कवँर, ओमबहादुर पुनमगर, सीता आचार्य, राजकुमार कवँर, इन्द्रबहादुर रोका सिफारिसमा परेका छन् ।

यसैगरी क्षेत्रनम्बर २ बाट सुरेन्द्र थापा घर्ती ‘ध्रुव’, तोपबहादुर डाँगी, कर्मलाल परियार, रामधन पुनमगर, हरीसरा घर्तीमगर, भक्तबहादुर वली र काशीराम बुढामगर सिफारिसमा परेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment