Comments Add Comment

एमालेबाहेक अरु दलसँग कांग्रेसको तालमेलः डा. महत

१६ असोज, काठमाडौं । नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री डा. प्रकाशशरण महतले मंसिरमा हुने प्रदेश र प्रतिनिधि सभाको निर्वाचनमा एमाले बाहेकका पदलसँग तालमेल गर्ने बताएका छन् ।

सोमबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता महतले राष्ट्रिय मुद्दामा साझा दृष्टिकोण राख्ने परिवर्तनकारी शक्तिहरुसँग चुनावमा तालमेल गर्ने बताएका हुन् ।

उनले भने, ‘हुन त कांग्रेस आफ्नै बलमा निर्वाचन लड्छ, तर राष्ट्रिय मुद्दामा समान दृष्टिकोण राख्ने र स्थानीयतहको आवश्यकत्ताअनुसार हामी चुनावी गठबन्धन बनाउँछौं, तर एमालेसँग अहिले तालमेल हुँदैन् ।’

उनले प्रमुख प्रतिपक्षी दल एमालेले समुदायवीच फाटो ल्याउने र राष्ट्रिय एकतामा विभाजन ल्याउने काम गरेको समेत आरोप लगाए । उनले थपे, ‘एमालेले समूह समूहवीच विभाजन ल्याउने काम गर्‍यो, संविधान संशोधनप्रति उसको दृष्टिकोण नै अर्को रहृयो, त्यसैले तत्कालिन अवस्थामा एमालेसँग सहकार्यको कुनै संभावना छैन ।’

यद्धपी उनले एमालेसँग स्वस्थ प्रतिष्पर्धा हुने विश्वास दिलाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment