Comments Add Comment

युवतीहरु लोभ्याउने अनौठो अफरः अश्लील सेल्फी पठाउ, आइफोन लैजाउ

कहिले आइफोन जस्ता महंगा ग्याजेट त कहिले धनाढ्यले जस्तै शौख पूरा गर्नपाउने लालच देखाएर कतिपय अनलाइन फाइनान्स कम्पनीहरुले युवायुवतीहरुलाई जालमा फसाइरहेका हुन्छन् ।

कतिपय कम्पनीले युवतीहरुलाई ऋण दिन्छन् र ऋण दिएबापत धितो स्वरुप निर्वस्त्र तस्वीर माग्दछन् । यदि समयमा ऋण चुक्ता नगरेमा निर्वस्त्र तस्वीर सार्वजनिक गर्ने धम्की पनि दिन्छन् ।

यस्तो घटना चीनमा हुने गरेको छ । त्यहाँ आइफोन खरीद गर्नका लागि लोन दिने भन्दै विभिन्न कम्पनीहरुले युवतीहरुहरुसँग उनीहरुका निर्वस्त्र तस्वीर माग गर्ने ग्रेको खुलासा भयो ।

ऋण तिर्न नसक्दा आफ्ना अश्लील तस्वीरहरु सार्वजनिक हुने डरले कतिपय युवा युवतीहरुले आत्महत्या समेत गरे । आत्महत्याको दर बढेसँगै सरकार सजग बन्यो । अनि यस्ता नकारात्मक सर्त सहित ऋण प्रदान गर्ने अनुचित कार्यमा संलग्न कैयन् कम्पनीहरुलाई बन्द गराएको छ । एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment