Comments Add Comment

‘छक्का पन्जा २’को आक्रामक व्यापार, रेकर्ड तोडिने संभावना कति ?


असोज ११ गते फूलपातिको दिनदेखि प्रदर्शनमा आएको चलचित्र ‘छक्का पन्जा २’ले दैनिक १ करोडको औषतमा व्यापार गरिरहेको छ । असोज ११ गतेको दिन डेढ करोडको हारहारीको व्यापार गर्दै नयाँ रेकर्ड बनाएको यो चलचित्रले सोमबारसम्म करिब ७ करोडको व्यापार गरेको वुझिएको छ ।

वितरकहरुले दिएको रिपोर्टलाइ आधार मान्ने हो भने यो चलचित्रले ६ दिनमा करिब ६ करोड ८५ लाखको व्यापार गरेको छ । यती व्यापार गर्नका लागि चलचित्र ‘छक्का पन्जा’लाइ २५ दिन लागेको थियो । यसैले, पनि चलचित्र ‘छक्का पन्जा २’ले नयाँ रेकर्ड बनाउने संभावनालाइ कायमै राखेको छ ।

काठमाण्डौका लागि चलचित्रका वितरक गोपाल कायस्थका अनुसार, यो चलचित्रले ६ दिनमा ३ करोड ६५ लाखको हारहारीमा व्यापार गरेको छ । उनले दैनिक ६० देखि ६५ लाखको औषतमा चलचित्रले व्यापार गरेको छ । गोपालले अनलाइनखबरसाग भने-‘यो चलचित्रले ‘छक्का पन्जा’को रेकर्ड तोड्ने या नतोड्ने भन्ने कुरा आउदो आइतबार थाहा हुनेछ ।’

चलचित्रका निर्माता तथा कलाकार दीपकराज गिरी भन्छन्-‘चलचित्रले दैनिक १ करोडको हारहारीमा व्यापार गरेको छ । असोज २१ गतेसम्म यही रफ्तारमा व्यापार भएको खण्डमा चलचित्रले ‘छक्का पन्जा’को रेकर्ड तोड्ने पक्का छ ।’

दीपकले चलचित्र तिहारसम्म चल्ने विश्वास व्यक्त गरे । उनले भने-‘यो १०० दिनसम्म चल्ने चलचित्र होइन । तिहारसम्म चलचित्र चल्ने पक्का छ ।’दीपाश्री निरौला निर्देशित यो चलचित्रमा दीपकराज गिरी, प्रियंका कार्की, जीतु नेपाल, केदार घिमिरे, बर्षा राउत, स्वस्तिमा खड्का, स्वरुपुरुष ढकाल लगायतका कलाकारको मुख्य भूमिका छ । वैदेशिक रोजगारका सिलसिलामा विदेश जाने तर नेपाल नर्फकने यूवायूवतीको कथामा यो चलचित्र बनेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment