+
+

आलियाका कारण रणवीरको पार्टीमा पुगिनन् ज्याकलिन

अनलाइनखबर अनलाइनखबर
२०७४ असोज १७ गते १३:१९


बलिउडमा कलाकारको प्रेम र विछोडको खबर बारम्बार आइरहन्छ । गसिप बजारमा रमाउने बलिउडका नायक-नायिकाको प्रेम एउटासँग छुट्नु र अर्कोसँग जोडिनु कुनै नौलो कुरा नै होइन ।

अहिले, नायिका आलिया भट्ट यही प्रेमको दोसाधमा उभिएकी छिन् । उनी र नायक सिद्धार्थ मल्होत्राबिच गहिरो प्रेम थियो । उसो त, यी दुइले आफूहरुको प्रेमलाइ कहिले पनि स्विकार गरेनन् । तर, यी दुइको प्रेम खुल्ला किताब जस्तै थियो ।

तर, यी दुइको प्रेममा नायिका ज्याकिलन फर्नान्डेजको प्रवेश भयो । श्रीलंकाकी सुन्दरीले चलचित्र ‘जेन्टलम्यान’को छायांकनका क्रममा सिद्धार्थको मन चोरिन् । चलचित्र असफल भएपनि यी दुइको प्रेम भने फस्टायो ।

सिद्धार्थ र ज्याकिलनको प्रेम चर्चासँगै आलिया श्रीलंकाकी सुन्दरीसँग रुष्ट बनिन् । यी दुइविच शितयुद्ध नै चल्यो । यो युद्ध अझै सकिएको छैन । बलिउड नायक रणवीर कपुरको जन्मदिनमा ज्याकिलन पनि आमन्त्रित थिइन् । तर, नायिका आलिया भट्ट पनि पार्टीमा पुगेको खबर थाहा पाएपछि ज्याकलिनले आफ्नो योजना परिवर्तन गरिन् र उनी पार्टीमा पुगिनन् ।

आलियाको अगाडि पुग्न ज्याकलिनलाइ सहज छैन । यसैले, सिद्धार्थका कारण आलिया र ज्याकलिनको लफडा चलिरहेको छ । भारतीय मिडियाका अनुसार अहिले निर्देशक करण जोहर आलिया र सिद्धार्थविच प्याचअपका लागि लागिपरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?