Comments Add Comment

डडेल्धुरा कांग्रेसका दुई गुटबाट छुट्टाछुट्टै उम्मेद्वार सिफारिस, पार्टी सभापति देउवा निर्विकल्प

१७ असोज, डडेल्धुरा । प्रतिनिधि सभा र प्रदेश सभाका लागि नेपाली कांग्रेस डडेल्धुराका दुई गुटबाट छुट्टाछुट्टै उम्मेद्वारको नामावली सिफारिस भएको छ ।

संस्थापन कांग्रेसले पत्रकार सम्मेलन गरी सिफारीस गरेका नामहरु सार्वजनिक गरेको छ भने अर्को रघुवर समूह पक्षले पनि मंगलबारै नाम सिफारीस गरेको जनाएको छ । दुबै समूहले प्रतिनिधि सभा सदस्यका लागि प्रत्यक्षतर्फ प्रधानमन्त्री एवम् पार्टी सभापति शेरबहादुर देउवाको नाम छुटाएका छैनन् ।

संस्थापन पक्षले समानुपातिक तर्फ नारु देवी ओझा महिला, पदम बिष्ट खुल्ला र भरत नेपाली दलित सिफारिस गरेको छ ।

यस्तै प्रदेश सभा सदस्यका लागि प्रत्यक्ष तर्फ क्षेत्र नम्बर १ का लागि गोपा थापा महिला, रबिन्द्र खड्का खुल्ला र हिक्मत सिंह ठाकुरा सिफारिसमा परेका छन् ।

यस्तै क्षेत्र नम्बर २ का लागि प्रदेश सभा सदस्यका लागि प्रत्यक्ष तर्फ डडेल्धुरा कांग्रेस पार्टी सभापति कर्ण बहादुर मल्ल, उपसभापति करुणाकर भट्ट र तारक बुढाऐर सिफारिसमा परेका छन् ।

यस्तै प्रदेश सभा सदस्यका लागि समानुपातिक तर्फ ३० जनाको नाम सिफारिस गरिएको डडेल्धुरा कांग्रेस पार्टी सभापति कर्ण बहादुर मल्लले बताए । जसमा गणेश प्रसाद पन्त, अर्जुन बहादुर मल्ल, गोकुल बहादुर शाही, सुरेन्द्र बहादुर माली, लोकराज भट्ट, कमला बिष्ट, नर बहादुर ठकुराठी, लोकेन्द्र बहादुर गुरुङ, तारक बहादुर खड्का, गुणाकर चटौत, खेमराज जोशी, रतन बहादुर ऐर, भोजराज भट्ट र टेक बहादुर बुढाऐरको नाम सिफारिस गरिएको छ ।

यस्तै भोजराज भट्ट, अनिरुद्र प्रसाद जोशी, दान बहादुर पाल, शेर बहादुर साँउद, पद्मा गुरुङ, प्रकाश जैरु, उज्जवलदत्त पनेरु, जमुना देवी ऐर, देवकी पन्त, जीत बहादुर मडै, हिक्मत बहादुर ऐर, रामचन्द्र ऐर, शेर बहादुर चाड, चुडामणी ठकुराठी, देव बहादुर खड्का र पदम भट्ट ‘काजी’ को नाम अघि सारिएको छ ।

उता पूर्व जिल्ला सभापति रघुवर भट्ट समूहले भने छुट्टै नामावली सार्वजनिक गरेको छ । प्रतिनिधि सभाकालागि एकमात्रै क्षेत्र रहेको डडेल्धुरामा प्रत्यक्ष तर्फ नेपाली कांगे्रसका सभापति एवम् प्रधानमन्त्री शेर बहादुर देउवाको नाम सिफारीस गरिएको छ ।

यसैगरी समानुपातिक तर्फ देउवा पत्नी डा.आरजु राणा देउवा, महाधिवेसन प्रतिनिधि तथा सांसद नरभान कामी र नेविसंघ अध्यक्ष नैनसिंह महरलाई पनि समानुपातितर्फबाट सिफारिस गरिएको छ ।

त्यसैगरी प्रदेशका लागि दुई क्षेत्र भएकाले प्रत्यक्ष तर्फ क्षेत्र नं. १ बाट रघुवर भट्ट, हेमराज चटौत, नैनसिंह महर, कैलाश कुमार पाण्डेय, हेमराज चटौत, विरेन्द्र बहादुर थापाको नाम सिफारिस गरिएको जनाइएको छ ।

त्यसैगरी प्रदेश क्षेत्र नं. २ का लागि गोविन्द बोहोरा, शेरबहादुर भण्डारी, हरिप्रसाद भट्ट, मोहनराज पाठक, भान बहादुर देउवा, भोजराज भट्टलाई सिफारिस गरिएको छ ।

त्यसैगरि समानुपातिक तर्फ २२ जनाको नाम सिफारिस गरिएको छ ।

जसमा लक्ष्मी प्रसाद अवस्थी, डम्बर बहादुर गैराल, डिल्लीराज जोशी, मान कुमारी थापा, धर्मानन्द भट्ट, जीत बहादुर मडै, जयराज पनेरु, सरस्वती खड्का, चन्द्र टमटा, सन्तोस जैरु, पार्वती जैरु, पार्वती झुकाल, राजु भट्ट, बाजी लुहार, पुष्कर पनेरु, उज्जलदत्त पनेरु, राधा देवी पाण्डेय, गोपा थापा, मन्जु धामी, बीरबहादुर ठगुन्ना, कमल सिंह साउद, डम्बर सिंह विष्ट र भोजराज भट्ट रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment