नायक बरुण धवनका लागि बलिउड निकै फापिरहेको छ । उनीसँगै बलिउडमा इन्ट्री मारेका अन्य नायकदेखि सुपरस्टारहरुले समेत असफल चलचित्र दिइरहेको समयमा बरुणलाइ भने असफलताको स्वाद चाख्नु परेको छैन ।
असोज १३ गतेबाट रिलिज भएको बरुण अभिनित चलचित्र ‘जुड्वा २’ पनि बक्स अफिसमा बम्पर हिट भयो । यो चलचित्रले भारतीय बक्स अफिसमा सोमबारसम्म ७७ करोडको व्यापार गरिसकेको छ । चलचित्रको व्यापारिक रफ्तार हेर्दा चाडै नै यो चलचित्रले सय करोड क्लबमा प्रवेश गर्ने पक्का छ ।
बरुण धवन यो चलचित्रमा डबल भूमिकामा देखिएका छन् । नायक सलमान खान अभिनित चलचित्र ‘जुड्वा’को रिमेकको रुपमा निर्माण भएको यो चलचित्रलाइ दर्शकले निकै रुचाएका छन् । बरुणको डबल भूमिकाले दर्शकलाइ चलचित्रको पूर्ण समय बाधेर राखेको छ ।
लगातार चलचित्र हिट भएपछि बरुणले अब आफ्नो पारिश्रमिक पनि बढाउने भएका छन् । कुनै पनि असफल चलचित्र नदिएका बरुणले अब चर्को पारिश्रमिक डिमाण्ड गर्ने तयारी गरेका हुन् । आफ्ना कारणले चलचित्र हिट भएपछि पारिश्रमिक बढाउने तयारीमा बरुण लागेको भारतीय मिडियाले उल्लेख गरेका छन् ।
प्रतिक्रिया 4