+
+
Shares

जनरल फाइनान्स अब बेस्ट फाइनान्स

अनलाइनखबर अनलाइनखबर
२०७४ असोज १८ गते १३:२८


१८ असोज, काठमाडौं । असोज २४ गतेबाट जनरल फाइनान्स बेस्ट फाइनान्सको नामबाट सञ्चालनमा आउने भएको छ ।
गत जेष्ठ १० गते बसेको कम्पनीको सञ्चालक समितिले नाम फेर्ने निर्णय गरेको हो । कम्पनी हालै समस्याग्रस्तबाट फुकुवा भएको हो । कम्पनीले हालै १ बराबर १ दशमलव २५ अनुपातमा हकप्रद सेयर जारी गरेको थियो । हकप्रद जारी पछि कम्पनीको पूँजी लगभग ३० करोड रुपैयाँ पुग्ने भएको छ ।

कम्पनीले २०७६ असारसम्ममा ८० करोड पूँजी पुर्याउनु पर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?