Comments Add Comment

आर्थिक समाचार: चीन र युएईबाट थप उडान हुन सकेन

१९ असोज, काठमाडौं । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको क्षमता विस्तार हुन नसक्दा अत्यधिक माग रहेका दुई गन्तब्य चीन र युएईवाट उडान थप्न नसक्ने अवस्था सिर्जना भएको छ । लामो समयदेखि चर्चामा रहे पनि विमानस्थल विस्तारले गति लिन नसकेपछि सरकारले नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक सञ्जीव गौतमलाई कारवाही गर्दै मन्त्रालयमा तानेको छ ।

विमानस्थल विस्तार नहुँदाको असर सन्दर्भमा कारोबार दैनिकले चीन र युएईबाट थप उडान हुन सकेनलाई मुख्य समाचार बनाएको छ । कोष र नेप्सेमा अन्तिम तीनको छनौटलाई पनि कारोबारले लेखेको छ । सुरक्षाकर्मीकै मिलेमतोमा तस्करी भन्ने खबर कारोबारमा छापिएको छ ।

भूकम्पपीडितमाथी फेरि खेलवाडलाई नागरिक दैनिकले मुख्य समाचार बनाएको छ । शुभकामना आदानप्रदान माध्यम बद्लियो भन्ने खबर नागरिकमा छापिएको छ । तीन महिनाभित्र चमेलियाबाट बिजुलीलाई नागरिकले लेखेको छ ।

विद्युत वितरण भूमिगत सन्दर्भमा गोरखापत्र दैनिकले पहिलो चरणमा रत्नपार्क–महाराजगञ्जलाई मुख्य समाचार बनाएको छ । इन्द्रसरोवरमा डुङ्गा सञ्चालनलाई पनि गोरखापत्रले लेखेको छ । त्यस्तै पर्यटकिय सम्भावना बोकेको गुफा भन्ने खबर गोरखापत्रमा छापिएको छ ।

थप प्रतिस्पर्धी बन्दै नेपाललाई अभियान दैनिकले मुख्य समाचार बनाएको छ । १ करोड ५४ लाख मतदातालाई पनि अभियानले लेखेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment