१९ असोज, झापा । झापाको कमल गाउँपालिकामा बिहीबार भारतीय नम्बर प्लेटको पिकअपले ठक्कर दिँदा एकजना पैदलयात्रीको मृत्यु भएको छ ।
कमल–५, आइतबारेका ४५ वर्षीय खेम चौलागाईंको पिकअपको ठक्करबाट ज्यान गएको हो ।
पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको एस के ०१ जे १७७० नम्बरको पिकअपले मर्निङ वाकमा हिँडेका चौलागाईंलाई बिहान ४ बजे ठक्कर दिएको थियो ।
दुर्घटनाबाट गम्भीर घाइते बनेका उनको लाइफलाइन अस्पताल, दमकमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, झापाले जनाएको छ ।
पिकअप र चालक प्रहरीको नियन्त्रणमा रहेको बताइएको छ ।
यता, मोरङको पथरी–शनिश्चरे नगरपालिका–२, हरियाली वन कार्यालय अगाडी पनि भारतीय नम्बरको ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एक जना घाइते भएका छन् ।
एच ३३ ई ५७१५ नम्बरको ट्रकले को १७ प ९३१ नम्बरको मोटरसाइकलाई ठक्कर दिँदा उनी घाइते भएका थिए ।
घाइते राईको न्युरो अस्पताल विराटनगरमा उपचार भइरेहको छ भने ट्रकका चालक फरार रहेकाले खोजी भइरेहको इलाका प्रहरी कार्यालय पथरीले जनाएको छ ।
प्रतिक्रिया 4