१९ असोज, झापा । भारतीय नम्बर प्लेट एस के ०१ जे १७७० पिकअप भ्यानको ठक्करबाट बिहीबार प्रभातकालिन भ्रमणमा निस्किएका एक व्यक्तिको मृत्यु भएको छ ।
कमल गाउँपालिका–५ निवासी ४५ वर्षीय खेम चम्लागाईंलाई पश्चिमबाट पूर्व आउँदै गरेको उक्त पिकअपले ठक्कर दिएपछि गम्भीर घाइते भएका उनको दमकस्थित लाइफलाइन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4