Comments Add Comment

आर्यनले चिन्न नसकेको आफ्नै स्टारडम…


आर्यन सिग्देललाइ चकलेटी नायकको रुपमा चिनिन्छ । चकलेटी अनुहारका कारण आर्यनले धेरै फ्यान कमाए । तर, आर्यनको विशेषता यही मात्र होइन । उनी, अभिनय पनि उस्तै उम्दा गर्छन् । सबै, नायकमा अनुहार र अभिनय भरिएको होइन । हेर्दा हिरो देखिने कलाकार अभिनय कमजोर गर्छन् । अनी, अभिनय उत्कृष्ट गर्ने कलाकार हिरो जस्तो देखिदैनन् । दुबै कुरा पाउने, थोरै हिरोमा आर्यन पर्छन् ।

सायद, यहि कुरा भरिएकाले पनि होला आर्यनले केही बर्ष चलचित्र बजारमा नम्बर १ को स्थान पनि पाए । तर, अहिले आर्यन चुपचाप छन् । आर्यनको चकलेटी अनुहार र बलियो अभिनय उत्कृष्ट कथाको खोजीमा भौतारिएको छ ।

आर्यनले आफ्नो फेसबुकमा गुल्मीको एक कार्यक्रमको तस्बिर पोष्ट गरेका छन् । यो तस्बिरमा, उनलाइ हेर्नेको भीड लागेको देखिन्छ । आर्यन भन्ने गर्छन्-‘काठमाण्डौ बाहिर जुन ठाउँमा पुग्दा पनि यस्तै भीड देखिन्छ ।’ तर, राजेश हमाल जस्तै आर्यनलाइ हेर्न दर्शक महोत्सव वा कुनै कार्यक्रममा त आउँछन् तर हलमा आउँदैनन् ।

चलचित्र क्षेत्रमा धेरैको विश्लेषण छ, आर्यनले आफ्नो स्टारडमलाइ चिन्न नै सकेनन् । चलेको बेलामा पैसा कमाउने धुनमा लाग्दा आर्यनले जथाभावी चलचित्र खेले । जसलेगर्दा, उनको स्टारडम खस्कियो ।

आर्यन चलचित्र ‘रुद्रपि्रया’बाट खस्किएको स्टारडम उकालो लगाउने दाउमा त छन् । तर, यो चलचित्र चलेको खण्डमा यसको क्रेडिट उनको भागमा मात्र जाँदैन । चलचित्र क्षेत्रमा नयाँ नयाँ चकलेटी अनुहार भएका हिरोहरुको प्रवेश हुँदै गर्दा आर्यन कुनै छेउमा नहराउन् । आर्यनले आफ्नो गुमेको स्टारडम फर्काउन केही कोशिश गर्लान् त, प्रतिक्षा गरौ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment