Comments Add Comment

राणा र लोहनीको राप्रपा एउटै चुनाव चिन्हमा लड्ने

१९ असोज, काठमाडौं । राप्रपा प्रजातान्त्रिक र राप्रपा राष्ट्रवादी आगामी निर्वाचनमा एउटै चुनाव चिन्ह लिएर लड्ने भएका छन् । चुनाव चिन्ह गोलाकारभित्र हलो हुनेछ ।

दुबै दलले हलो चुनाव चिन्ह दाबी गरेका थिए । तर, निर्वाचन आयोगले प्रकाशचन्द्र लोहनीको राप्रपा राष्ट्रवादीलाई हलो र पशुपतिशम्शेर राणा नेतृत्वको राप्रपा प्रजातान्त्रिकलाई गोलाकारभित्र हलो चुनाव चिन्ह दिएको छ ।

राप्रपा राष्ट्रवादीका नेता लोहनीले भने, ‘दुई चुनाव चिन्ह मध्ये जसको माथि हुन्छ, उसको चिन्ह लिएर लड्ने सहमति भएको थियो । अब गोलाकारभित्र हलोमा लड्छौं ।’

प्रदेशसभा र प्रतिनिधिसभा चुनावको मतपत्रमा गोलाकारभित्र हलो सातौं नम्बरमा छ भने हलो ३४ औं नम्बरमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment