Comments Add Comment

वाम गठबन्धनले सिट बाँडफाँटको आधार तय गर्‍यो

१९ असोज, काठमाडौं । एमाले, माओवादी र नयाँ शक्तिको वाम गठबन्धनले सिट बाँडफाँडबारे छलफल सुरु भएको छ ।

चुनावी तालमेलसँगै पार्टी एकता गर्ने सहमति भएपछि पहिलो पटक घोषणा पत्र मस्यौदा समिति र निर्वाचन क्षेत्र निर्धारण समितिको बैठक बसेको थियो । संयुक्त बैठकमा दुई नेता केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले मार्गनिर्देश गरेका छन् ।

नेताहरुका अनुसार सिट बाँडफाँडमा अन्य दललाई दिएर बाँकी सिटमा एमालेको ६० र माओवादीको ४० प्रतिशत हुनेछ । यसका साथै २०७० को संविधानसभा चुनाव र स्थानीय चुनावमा पाएको मत, विजयी सुनिश्चिता र व्यक्तित्वलाई हेरेर सिट बाँडफाँड गर्ने सहमति भएको छ ।

यो समितिलाई ३ दिनभित्र काम सक्न भनिएको छ ।

घोषणा पत्र मस्यौदा समितिले पनि बिहीबारबाटै आफ्नो काम थालेको नेताहरुले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment