चलचित्र लेखनमा सफल मानिएका छेतन गुरुङले अब चलचित्र निर्देशन पनि गर्ने भएका छन् । उनको, लेखन तथा निर्देशनमा चलचित्र ‘डमरुको डण्डिबियो’ बन्ने भएको छ ।
यो चलचित्रको शुक्रबार काठमाण्डौमा आयोजना गरिएको पत्रकार सम्मेलनमा घोषणा गरियो । यो चलचित्रमा खगेन्द्र लामिछाने, अनुप बराल, मेनुका प्रधान, नमिता घिसिङ, वुद्धि तामाङ लगायतका कलाकारको मुख्य भूमिका रहनेछ ।
सुमी श्रेष्ठ घले र विनोद गुरुङको लगानीमा बन्न लागेको चलचित्रको छायांकन असोज २२ गतेबाट सुरु गरिनेछ । काठमाण्डौ र लम्जुङको घले गाउँमा यो चलचित्रको छायांकन हुने पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
डेढ करोडको बजेटमा निर्माण हुने भनिएको चलचित्रले लोप हुँदै गएको डण्डिबियो खेलको प्रवर्द्धन गर्ने निर्देशक गुरुङको भनाइ छ । ४० दिन लगाएर चलचित्रको छायांकन गरिनेछ । चलचित्रको लेखनमा छेतनलाइ कलाकार लामिछानेले पनि साथ दिएका छन् ।
प्रतिक्रिया 4