चलचित्र ‘ऐश्वर्य’ कात्तिक ९ गतेबाट रिलिज हुँदैछ । यो चलचित्रको ‘तिमी रोएको पल तिमीलाइ’ बोलको गीत अहिले सर्वाधिक चर्चामा छ । ट्रेलर सार्वजनिक भएपछि यो चलचित्र झनै चर्चामा छ ।
यो चलचित्रबाट मोडल दीपिका प्रसाइ चलचित्र क्षेत्रमा प्रवेश गर्दैछिन् । चलचित्रको टिजरमै नायिकाको विकिनी दृश्य समावेश गरेपछि निकै चर्चा भयो । पहिलो चलचित्रमा नै विकिनी लगाएकी दीपिका चर्चामा छिन् ।
तर, निर्देशक दिवाकर भट्टराइ दीपिकालाइ यो दृश्य दिन त्यती सहज नभएको बताउँछन् । उनले भने-‘पहिलो चलचित्रमै विकिनी लगाउन दीपिका मानेकी थिइनन् । तर, उनी सुपर मोडलको भूमिकामा रहेकाले पनि हामीले कन्भिन्स गरायौ ।’
तर, छायांकन लगतै दीपिकाको विकिनी तस्बिर बाहिरियो । त्यसपछि, दीपिका केही आक्रोशित बनेकी थिइन् । दिवाकर संझन्छन्-‘यो दृश्य पहिलो सेड्यूलमा खिचिएको थियो । तर, विकिनी दृश्य बाहिरिएपछि दीपिकाले दोश्रो सेड्यूलमा काम गर्दा धेरै आनकानी गरिन् । उनले, यो दृश्य चलचित्र नराखिदिन भनेकी थिइन् ।’ दीपिकाले बारम्बार यो दृश्य चलचित्रमा नराख्न भनेपनि अहिले धेरैले कथावस्तु अनुसार यो दृश्य राखिएको वुझेपछि नायिका वेखुशी नरहेको दिवाकर बताउँछन् ।
रमेश उप्रेती, प्रशान्त ताम्राकार, केकी अधिकारी र दीपिका प्रसाइको मुख्य भूमिका रहेको चलचित्रको मेकिङ उच्च रहेको यसका निर्माता तथा नायक रमेश उप्रेतीको भनाइ छ । लभस्टोरी कथामा निर्मित ‘ऐश्वर्य’को व्यापारिक आँकडा अहिले सबैका लागि पर्खाइको बिषय बनेको छ ।
प्रतिक्रिया 4