Comments Add Comment

सय करोड क्लबमा बरुणको ‘जुड्वा २’


बलिउड, बरुण धवनका लागि निकै फापिरहेको छ । ‘स्टूडेन्ट अफ द इयर’ डेब्यू हिरोले अभिनय गरेका कुनैपनि चलचित्र आजसम्म असफल भएका छैनन् ।
उनै, बरुणले अभिनय गरेको पछिल्लो चलचित्र ‘जुड्वा २’ नयाँ रेकर्ड राख्ने बाटोमा अगाडि बढिरहेको छ ।

यो चलचित्रले प्रदर्शनको दोश्रो शनिबारसम्म बक्स अफिसमा सय करोडको आँकडा छोएको छ । बरुण अभिनित ‘एबीसीडी २, दिलवाले, बद्रिनाथ कि दुल्हनिया, जुड्वा २’ले बक्स अफिसमा सय करोड कमाएका छन् ।

बरुणकै दममा चलेको चलचित्र ‘जुड्वा २’ले प्रदर्शनको दोश्रो शनिबारसम्म १०८.०८ करोड कमाएको छ । योसँगै यसले यो बर्ष बनेका केही रेकर्डहरु तोड्ने संभावना देखाएको छ । यो बर्ष सर्वाधिक कमाइ गरेको चलचित्र ‘रइस’को १३७ करोडको रेकर्डलाइ यो चलचित्रले चाडै नै तोड्नेछ ।

बरुण धवनका साथमा तपसी पन्नु र ज्याकलिन फर्नान्डेज अभिनित यो चलचित्रलाइ डेविड धवनले निर्देशन गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment