Comments Add Comment

कांग्रेससँग राजपा र फोरमले मागे प्रतिनिधिसभाको ५५ सिट

२२ असोज, काठमाडौं । राष्ट्रिय जनता पार्टी र संघीय समाजवादी फोरम नेपालले कांग्रेस नेतृत्वको गठबन्धनमा प्रतिनिधिसभाको ५५ सिट दाबी गरेको छ ।

कांग्रेस नेतत्वको गठबन्धनमा ६ दल छन्, उनीहरु मध्ये राजपा र संघीय फोरमले साझा उम्मेदवार उठाउने छुट्टै सहमति पनि गरेका छन् । यो सहमतिमा गठबन्धनमा उनीहरुको बार्गेनिङ पावर बढेको नेताहरुले बताएका छन् ।

आइतबार पनि राजपा नेताहरु र संघीय फोरमका अध्यक्ष उपेन्द्र यादवबीच छलफल भएको थियो । कांग्रेस नेतृत्वको गठबन्धनको कार्यदलमा भने राजपाबाट सर्वेन्द्रनाथ शुक्ल र संघीय फोरमका रामसहाय यादव सहभागी भएका छन् ।

‘१६५ मा हामीलाई ५५ सिट चाहिन्छ भनेका छौं’ राजपा अध्यक्ष मण्डलका सदस्य महेन्द्रराय यादवले भने, हामी वामपन्थी शक्ति नआओस् भन्न चाहन्छौं । यसका लागि कांग्रेस लचिलो हुनुपर्छ । हामीले जित्ने ठाउँ हामीलाई दिनुपर्छ ।’

एक नेताका अनुसार प्रदेश २ मा मात्र ३२ मध्ये २४ सिट आफूहरुले पाउनु पर्ने दुई दलको दाबी छ । यो सहमति गरेमा कांग्रेसको भागमा मात्र ८ सिट बाँकी बस्छ ।

यस्तै प्रदेश १ का झापामा एक, मोरङमा २ र सुनसरीमा २ सिट दाबी गएरिएको छ । प्रदेश ५ का साथै प्रदेश १ का पहाडी जिल्लाहरुमा दुई दलले सिट दाबी गरेका छन् ।

राजपा र फोरमले प्रदेशसभामा पनि प्रत्यक्षतर्फ देशभरका ३३० मध्ये १३१ सिटमा दाबी गरेका छन् ।

प्रदेश २ को प्रदेशसभामा ६४ सिट छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment