+
+

पलको जोडी पूजा र आँचलमध्ये कोसँग फाप्यो ?

अनलाइनखबर अनलाइनखबर
२०७४ असोज २३ गते ११:५६


यो बर्षको मध्य भागसम्म आइपुग्दा नायक पल शाहका २ चलचित्र रिलिज भए । चलचित्र ‘नाइ नभन्नु ल ४’ डेब्यू हिरोले यो बर्ष नायिका पूजा शर्मा र रियल लाइफकी आफ्नी प्रेमिका आँचल शर्मासँग दुइ भिन्न-भिन्न चलचित्रमा रोमान्स गरे ।

पल शाहले निर्देशक सुदर्शन थापाको निर्देशनमा तयार भएको चलचित्र ‘म यस्तो गीत गाउँछु’मा नायिका पूजा शर्मासँग जोडी वाधेका थिए । यो चलचित्रले बक्स अफिसमा कमालको व्यापार गर्‍यो । ५ करोड भन्दा बढी ग्रस कलेक्शन गरेको चलचित्रको इनिसियल व्यापार आक्रामक थियो । यो चलचित्र चलेसँगै पललाइ नयाँ स्टारको रुपमा चलचित्र क्षेत्रमा हेर्न पनि थालियो ।

यस्तै, ‘म यस्तो गीत गाउँछु’ रिलिज भएको २ महिनामा पल अभिनित अर्को चलचित्र ‘जोनी जेन्टलम्यान’ रिलिज भयो । यो चलचित्रमा भने पलको जोडीको रुपमा नायिका आँचल शर्मा थिइन् । पल र आँचलको जोडी खासै जमेन । रियल लाइफमा जमेको यो जोडीलाइ रिल लाइफमा दर्शकले उत्साहजनक साथ दिएनन् । चलचित्रले इनिसियल व्यापार पनि आशातित गर्न सकेन । निर्देशक नितिन चन्दको कमजोर निर्देशन र कमजोर कथाले ‘जोनी जेन्टलम्यान’लाइ नमज्जाले डुबाइदियो ।

यो चलचित्र रिलिज भएकै दिन पल र आँचलले काम गर्न लागेको नयाँ चलचित्र ‘शत्रु गते’को घोषणा भयो । यस्तै, पल र पूजाको जोडी ‘म यस्तो गीत गाउँछु’को सिक्वेलमा पनि देखिने पक्का भैसकेको छ ।

पलका लागि आँचल भन्दा पूजासँगको जोडी फापेको पक्का हो । दर्शकले पनि पल र पूजाको जोडीको डिमाण्ड धेरै गरे । चलचित्र क्षेत्रमा नयाँ-नयाँ कलाकारको उदय भैरहेको समयमा प्रतिस्पर्धा चर्को देखिएको छ । यस्तो अवस्थामा पलले आफूलाइ कुन तरिकाले अगाडि बढाउँछन्, त्यसले नै उनको यात्राको फैसला गर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?