+
+

भिलेनसँग फाइट गर्दै आँचल, ‘वर एण्ड वधु’को सेटमा एक्सन दृश्यको छायांकन

अनलाइनखबर अनलाइनखबर
२०८१ वैशाख २८ गते १२:०६

काठमाडौं । आँचल शर्माको लागि ‘वर एण्ड वधु’ अभिनयको हिसाबले खास हुनेछ । यो सोसल-ड्रामा फिल्ममा दर्शकले उनको एक्सन अवतार हेर्न पाउनेछन् । यतिबेला काठमाडौंमा फिल्मको एक्सन दृश्यको छायांकन चलिरहेको छ ।

सेटबाट प्राप्त तस्वीरमा शर्मा एक्सन अवतारमा प्रस्तुत छिन् भने भिलेनसँग फाइट गरिरहेको देख्न सकिन्छ । केही महिनादेखि यो सिक्वेन्सका लागि उनले एक्सन सिकिरहेकी थिइन् ।

डेब्यु एक्टर विवेक कर्माचार्य र आँचलको एक्सनका दृश्य सुटिङ भैरहेको छायांकार सुदीप बरालले जनाए । यी एक्सनको कोरियोग्राफी हिमाल केसीले गरिरहेका छन् ।

केसीले भने, ‘आँचलको काम गर्ने शैली गज्जब लाग्यो । एक्सनमा उनले जुन तरिकाले काम गरिन्, त्यसबाट के पुष्टि हुन्छ भने उनी सोलो एक्सन फिल्ममा पनि काम गर्न तयार छिन् । विवेकले गरेको एक्सन देखेर दर्शक दंग पर्नुहुनेछ । उनी कही कतैबाट पनि नयाँ देखिदैनन् ।’

आँचलले आफूलाई जुन तरिकाको एक्सन गर्न मन लागेको थियो त्यस्तै काम गर्न पाएको बताइन् । ‘मलाई पहिले नै एक्सनका लागि तयार भएर एक्सन गरे जस्तो भूमिका गर्न मन थिएन । ५ इन्चको हिल जुत्ता, फेन्सी पहिरन लगाएर म एक्सन गरिरहेकी छु । म भित्र एक्सनका लागि इनर्जी उस्तै छ । रमाइलो भइरहेको छ’ आँचलले भनिन् ।

विवेक पनि काम निकै राम्रो भएको भन्दै दंग देखिए । उनले प्याक्स समेत बनाएका छन् । उनले नुन छाडेको चार साता भयो । दिनमा एक लिटर मात्र पानी पिएका छन् । चिनी र तेल छोएकै छैनन् । विवेक फिल्मबाट आशावादी सुनिए ।

डेब्यु एक्टर विवेक कर्माचार्य ।

रोमानियामा पहिलो चरणको छायांकन सकेर केही समय ब्रेक गरेपछि निर्देशक मिलन चाम्सले दोस्रो चरणको छायांकन गरिरहेका छन् । चाम्सका अनुसार, अझै एक साता छायांकनका लागि लाग्ने बताए । दुई वटा गीतको छायांकन सकेपछि सम्पूर्ण छायांकन सकिने उनको भनाई छ ।

एलआरके इन्टरटेन्मेन्टको ब्यानरमा तयार भइरहेको फिल्मका कार्यकारी निर्माता अमित रिजाल हुन् । छायांकन सकिएपछि फिल्मको प्रदर्शन मिति तोक्ने तयारी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?