Comments Add Comment

क्याटलोनिया स्वतन्त्रता: स्पेनका नेपालीहरुलाई पर्ने प्रभाव

बहुमत नेपालीहरु टुक्रेको होईन, जुटेको नै हेर्न चाहान्छन्

क्याटलोनिया स्वतन्त्रताको बहसले स्पेन मात्र हैन अहिले समग्र युरोप र बिश्व समुदायको नै ध्यान केन्द्रित भएको छ। अक्टोबर महिनाको सुरुवातमा नै भएको जनमत सग्रहले क्याटलोनिया स्वतन्त्रता पक्षधरहरुमा एउटा उत्साह मात्र हैन केन्द्रीय सरकार, स्पेनी प्रहरी र स्पेनी अधिकारीहरुसँग उनीहरुले ठू आक्रोस देखिन्छ।

मुख्य: त मतदानको दिन स्पेनी प्रहरीहरुको ब्यबहारले उनीहरु रुष्ट छन्। मतदान हुँदै गर्दा  बुथहरु कब्जा भएका,मतपत्रहरु च्यातिएका, लाठी तथा रबरका गोलीहरु प्रहार भएका प्रहरी ज्यादतीका भिडियोहरु अहिले सामाजिक संजालमा भाईरल बनेका छन्। स्वतन्त्रता पक्षधरहरु प्रहरी कारबाहीमा ९ सय भन्दा बढी घाइते भएको बताइन्छ।

सामाजिक संजालमा पोष्ट भएका भिडियोहरुमा प्रहरीले अभद्र ब्यहवार गरेको प्रष्ट नै देखिन्छ। मतदानमा भाग लिएका बृद्द क्याटलान समर्थकहरु माथि लात्ती प्रहार गरिएको,महिलाको कपालमा समेत लछारपछार पारेका देखि डरलाग्दा हिंसात्मक घटनाहरु दृश्यहरु सार्बजनिक भएका छन्।

फलस्वरुप: मतदानको दुई दिन पछि प्रहरी हस्तक्षेपको बिरोधमा क्याटलोनिया नै ठप्प हुने गरे बन्द आह्ववान भयो। हजारौ स्वतन्त्रता पक्षधरहरु सडकमा उत्रिएर बिरोध प्रर्दशन गरे। स्पेनी सरकार बिरुद्द नाराबाजी पनि गरे।यति मात्र युरोपियन युनियन मौन बसेको देखेर प्ले कार्ड प्रदर्शन गर्दै प्रश्न गरे,”युरोप कहाँ छ”? प्रहरीको ज्यादतीसँगै मानबिय दुर्ब्यबार हुँदा पनि युरोपियन अधिकारीहरुले मुखमा टेप लगाएको स्वतन्त्रता पक्षधरहरुको आरोप रहेको छ।

जनमत सग्रह सम्पन्न भए पनि स्पेनको संबैधानिक अदालतले अबैधानिक बताउँदै आएको छ। स्पेनका राजा फेलिपे छैटौंले, जनमत संग्रहलाई अवैध र अप्रजातान्त्रिक भनेका छन्।हिंसात्मक घटना बारे राजाले केहि नबोलेको भन्दै क्याटलन नेताहरु झनै आक्रोशित बनेका छन् ।

क्याटलोनियाका क्षेत्रिय सरकार प्रमुख कारलस पूजडमोनले स्पेनबाट क्याटलोनिया स्वतन्त्र भएको घोषणा गरिने बताएका थिए तर बिहिबार नै स्पेनको संबैधानिक अदालतले क्याटलन संसदको बैठक नै स्थगित गरिदिएको छ। यसले झन् अब कसले के गर्ला भन्ने अन्यौलता कायम भएको पाइन्छ ।

जनमत सग्रहमा करिव ४० प्रतिशत भाग लिएको र झन्डै ९० प्रतिशत स्वतन्त्रताको पक्षमा रहेको भन्दै क्षेत्रीय सरकारले  क्याटलोनिया स्वतन्त्र बारे औपचारिक घोषणा गर्ने ठूलो चर्चा थियो। तर, यसैबीच अदालतले सोमबारको संसद बैठक नै स्थगित गरिदिए पछि अब के-होला भन्ने अन्यौलता भने कायमै छ ।

बहुमत नेपालीहरु टुक्रेको होईन, जुटेको नै हेर्न चाहान्छन्

पटक-पटक क्याटलोनिया स्वतन्त्रताको आन्दोलन देखेका यहाँस्थित नेपालीहरु स्पेन टुक्रीदैन भन्नेमा नै ढुक्क छन्। हरेक वर्ष क्याटलोनिया दिवसको रुपमा सेक्टेम्बर ११ तारिख,ठुलो जनसागर उर्लेको नेपालीहरुले देख्दै आएका छन्।

तीन बर्ष अघि पनि क्याटलोनि स्वतन्त्रता बारे एक अनौपचारिक मतदान भएको थियो। ८० प्रतिशत भन्दा बढीले स्वतन्त्र हुनुपर्छ भनी मत खसालेको नजिता क्याटलोनियाका अधिकारीहरुले सार्बजनिक गरेका थिए । स्पेनको संवैधानिक अदालतले अबैधानिक ठहर गर्‍यो । तर, त्यति बेला कुनै त्यस्तो हिंसात्मक घटनाहरु भने भएनन् ।

तर यस पटक भने क्याटलोनिया सरकारले नै जनमत सग्रहको नेतृत्व गर्यो। यसो हुँदा केन्द्र र क्षेत्रको सम्बन्ध नराम्रोसँग चिस्सिएको छ।

केन्द्रीय सरकारको हस्तक्षेप पछि हिंसात्मक घटनाहरु पनि घटे। जनमत सग्रह पछि केन्द्र र क्षेत्रको शित युद्द नै चलेको छ। टेलिभिजन सम्बोधन गर्दै पटक-पटक आआफ्नो पक्षलाई बलियो पार्दै फरक-फरक निर्णयहरु आईरहँदा अब के होला ? भन्ने अन्यौलता नेपालीहरुमा पनि परेको छ।

बहुमत नेपालीहरु टुक्रेको होईन जुटेको नै हेर्न चाहान्छन्। क्याटलोनिया क्षेत्रमा रहेका क्याटलानहरुलाई उचित सम्मान सहित अधिकारहरु दिईनु पर्छ भन्ने पक्षमा रहे पनि कम्तीमा “देश नै टुक्रन हुँदैन” भन्ने बहुमत नेपालीहरुको राय बुझिन्छ । यद्दपी यो बिषयमा त्यस्तो कुनै सार्बजनिक बहस भने भईसकेको छैन। क्याटलोनिया क्षेत्रमा बसेर यहाँको समुदायसँग नजिकिए,उनीहरुको दुखमा साथ दिनु पर्छ, एेक्यबद्दता जनाउनु पर्छ भन्ने कतिपय नेपालीको धारणा पनि पाईन्छ।

जुन सुकै क्षेत्र वा शहरमा रहे पनि स्पेनको केन्द्रिय सरकारले ल्याएको आप्रवासी नीति अनुरुप नै यहाँ स्थित नेपालीहरुले बैधानिक रुपमा बस्ने तथा अधिकार पाउँदै आएका छन्।

तीन वर्षसम्म यहाँ स्थित नगरपालिकामा दर्ता,भाषा कक्षा लगायत बिभिन्न कागाजी पक्रिया,रोजगारदाताले दिने कामको कन्ट्राक नै मुख्यता: स्पेनमा बस्न र काम गर्न पाउने आधारहरु हुन्।बैधानिक रुपमा काम गर्ने अधिकार पाए पछि आफ्नो परिबार समेत ल्याउन पाउँछन्। यद्दपी पक्रियामा हुने झन्झट र समस्याहरु भने आफ्नै ठाउँमा छन्।

पछिल्लो पाँच बर्षको आँकडा हेर्दा समग्र स्पेनको बेरोजगारी दर घट्दै गएको छ। यसले गर्दा स्पेनको मात्र हैन नेपालीहरुको आर्थिक अबस्था पनि पहिले भन्दा सुधारिएको छ।नेपाली श्रमिकहरुले उचित पारिश्रमिक पाउँन थालेका छन्। अर्को तर्फ कुटनीतिक सम्बन्ध बिस्तारको चरणमा रहेको बेला स्पेनबाट क्याटलोनिया अलग नरहे हितकर हुने धेरैको बुझाई छ।

क्याटलोनिया छुट्टै मुलुक भइहाले, के होला ?

मानौ,स्पेनबाट क्याटलोनिया अलग भइहाले, युरोपियन युनियनले कुन रुपमा लिन्छ ? अन्तराष्ट्रिय स्तरबाट सहयोग र समर्थन कस्तो मिल्छ ? यो सबै भन्दा महत्वपूर्ण पक्ष हो। दोस्रो पक्ष, टुक्रिए पछि स्पेन र क्याटलोनिया बीचको व्यापारिक,राजनीतिक कुटनीतिक लगायतका सम्बन्धले पनि यसको भविष्य तय हुन्छ।

स्पेनबाट क्याटलोनिया अलग हुने भन्दै गर्दा खेलकुदमा समेत ठूलो प्रभाव पर्ने देखिन्छ।“बार्सिलोना फुटबल क्लव” को भविष्य के होला ? भनेर अहिले ठूला-ठूला बहस चली रहेका छन्। यस्तो अबस्थामा आप्रबासीहरुको राम्रो नै हुन्छ वा यही अबस्थामा होला भनेर ढुक्क हुने अबस्था छैन।

स्पेनी संचार माध्यमका अनुसार,स्पेनमा पाँचौ ठूलो बैंकका रुपमा मानिने “बैंको साबाडेलले” आफ्नो हेडक्वाटर क्याटलोनियाबाट बाहिर सार्ने योजना बनाइसकेको छ। स्वतन्त्रताको आन्दोलन चर्कीए पछि  बैंकको आकस्मिक बैठकले हेडक्वाटर म्याड्रिड वा आलिकान्ते सार्ने योजना बनाईसकेको छ। सुरुवाती चरणका यी सामान्य घटनाहरु भए पनि अबस्थाले पछि गम्भीर मोड पनि लिन सक्छ।

स्पेनमा रहेका नेपालीहरु मध्ये झन्डै आधा नेपालीहरु बस्ने क्याटलोनियाको आप्रबासी नीति कस्तो बन्छ ? यो सबैभन्दा नेपालीहरुका लागि महत्वपूर्ण हो। स्पेन सरकार कै नीतिलाई यहाँ पनि निरन्तरता दिन्छ भन्ने कुनै ग्यारेन्टी छैन। तर कतिपयले स्पेनको प्रमुख आर्थिक स्रोत नै क्याटलोनिया भएकाले,यदी यो नयाँ मुलुक बनेमा भविष्य झन् उज्ववल हुने बताउने गरेका छन्।यद्दपी मुलुकको आप्रबासी नीतिले नै सबैको भविष्य निर्धारण गर्ने छ।

क्याटलोनिया क्षेत्रमा कति छन् नेपालीहरु ?

स्पेनमा करिव १० हजार नेपालीहरुले रहेको अनुमान छ।  स्पेनमा रहेका नेपालीहरु मध्ये सबै भन्दा बढी नेपालीहरु बसोवास गर्ने क्षेत्र नै क्याटलोनिया हो। झन्डै ४ हजार नेपालीहरु क्याटलोनिया क्षेत्रको बार्सिलोना वरिपरि कै सेरोफेरोमा रहेको अनुमान छ।

नेपाल सरकारले केही महिना अघि मात्र स्पेनमा नेपाली दूताबास स्थापना गर्ने निर्णय गरेको छ। त्यतिमात्र हैन स्पेनका लागि सरकारले भरत बहादुर रायमाझीलाई राजदूत पनि तोकिसकेको छ। कुटनीतिक सम्बन्धको हात फैलिएको बेला स्पेनको पछिल्लो राजनीतिक घटनाक्रम बारे नेपाल र नेपालीहरुको चासो बढेको देखिन्छ।

किन चाहियो छुट्टै क्याटलोनिया ?

क्याटलानहरु आफ्नो भाषा क्षेत्र र रहनसहनप्रति ठूलो गर्ब गर्छन्। बार्सिलोना,तारागोना,लेईदा र जिरोना क्षेत्रमा घरहरुमा प्राय: झण्डा अनिबार्य जस्तै झुण्डाएको देख्न सकिन्छ। केही स्वतन्त्रताका लागि समर्थन गरिरहेका क्याटलानहरुसँग पङ्तिकारले कुराकानी गर्दा उनीहरुको एउटै आवाज पाइन्छ। “हाम्रो स्रोत सबै केन्द्रमा पुग्छ,हामीले उपयोग गर्न पाएनौ। म्याड्रिडले हामीलाई जहिले पनि छड्के आँखाले हेर्छ।”

झन्डै ७५ लाख जनसंख्या भएको क्षेत्र उत्पादनशील क्षेत्रको रुपमा परिचित छ। क्याटलोनिया स्पेन कै धनी क्षेत्र पनि हो।पटकपटक स्वतन्त्रताका लडाइहरु लड्दै आएको छ। स्वायत्त क्षेत्र त हो नै अब स्पेनबाट अलग नै हुने लडाईको चरम उत्कर्षमा क्याटलोनिया पुगेको छ।

स्वतन्त्रताको पक्षको ठूलो जनलहर गुज्रेको बेला एक क्याटलान युवतीले भनिन्,’म त स्पेन नटुक्रियोस् भन्ने चाहान्छु,अहिले युरोप युनियन भित्र छौ,चाहेमा जता गएन काम गर्न पनि पाएकै छौ.भोलि खै के होला ?” तर, यी एक युवतीको जस्तो बिचार यो क्षेत्रमा बिरलै सुन्न पाइन्छ,यहाँ त बच्चादेखि बृद्वासम्म स्वतन्त्र क्याटलोनियाका लागि सडक घन्काएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment