२३ असोज, काठमाडाैं । नेकपा(संयुक्त)ले नेकपा(माओवादी केन्द्र)सँग पार्टी एकता गर्ने भएको छ । नेकपा संयुक्तको सोमबार सम्पन्न पोलिटब्यूरोको बैठकले पार्टी एकता गर्ने निर्णय गरेको हो ।
पार्टीका अध्यक्ष गणेश साहले पार्टी एकताको निर्णय भएको र मंगलबार बस्ने केन्द्रीय समितिको बैठकले त्यसलाई अनुमोदन गरेपछि एकता प्रक्रिया सार्थक रुपमा अगाडि बढ्ने जानकारी दिए ।
बैठकमा सो पार्टीका महासचिव सुनिल मानन्धरले पार्टी एकताको प्रस्ताव राखेका थिए । एकताका लागि माओवादी केन्द्रसँग छलफल भइरहेको र केही प्राविधिक तथा राजनीतिक विषय मिलाउन बाँकी रहेको उनको भनाइ छ ।
नेकपा (संयुक्त)ले आगामी संघीय तथा प्रदेशसभाको निर्वाचनमा माओवादी केन्द्रको निर्वाचन चिन्ह हसिया हथौडामा चुनाव लड्ने निर्णय गरेको गरेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4