Comments Add Comment

प्रहरीले पूर्वसूचनालाई बेवास्ता गर्दा राजधानीमा मारिए व्यवसायी

२४ असोज, काठमाडौं । युवा संघ रुपन्देहीका अध्यक्ष दुर्गा तिवारीलाई गत पुसमा गोली हानी हत्या गरेको आरोपमा पक्राउ परेका नौजना पुर्पक्षका लागि अहिले पनि जेलमा छन् ।

माघमा पक्राउ परेलगत्तै उनीहरुले प्रहरीलाई सूचना दिएका थिए, ‘मनोज पुन नेतृत्वमा रहेको हाम्रो समूहले अब काठमाडौं ताक्दैछ ।’

पुनका सहयोगीहरुले दिएको पूवसूचनालाई प्रहरीले सदुपयोग गर्न सकेन । यो समूहमाथि ९ महिनाअघि सार्थक हस्तक्षेप हुन नसक्दा नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको दिनदहाडै गोली हानी हत्या भएको छ । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment