‘भन्नेले के के भन्छन्’भन्दै गायक सम्भोज मल्लले गीत गाएका छन् । संगीत र शब्द पनि उनकै हो ।
गीतको म्युजिक भिडियो हालै सार्वजनिक भएको छ । रमाइलो प्रेम प्रसंग समेटिएको गीतको म्यूजिक भिडियो अष्ट्रेलियामा नै छायांकन गरिएको हो ।
भनाइ नै छ, प्रेम अन्धो हुन्छ । अर्थात यसले जातपात, धर्म, बर्ग केही देख्दैन । गीत ठ्याक्कै यही थिममा तयार गरिएको छ । म्यूजिक भिडियो र गीतको बेजोड संयोजन छ ।
भिडियोमा सृष्टी रोका तथा कबिन रानाले अभिनय गरेका छन् । यसको निर्देशन सुरेन फोटोग्राफीका नामले परिचित सुरेन श्रेष्ठले गरेका हुन् । उनी अष्ट्रेलियामा म्यूजिक भिडियो निर्देशन र निर्माणमा सक्रिय छन् ।
टेक बयलकोटीले उक्त भिडियो छायांकन गरेका हुन् भने प्रविण श्रेष्ठले भिडियोलाई सम्पादन गरेका हुन् ।
आफ्ना हरेक म्यूजिक भिडियोलाई छोटा चलचित्रको झैं आभाष दिन सफल सुरेन फोटोग्राफी तथा टिमको यो आठौं म्यूजिक भिडियो हो ।
हालै काठमाडौंमा सम्पन्न ओएसनेपाल म्यूजिक अवार्डमा पनि सुरेनले ‘हुन्छ माया’ गीतको म्युजिक भिडियोबाट सर्वोत्कृष्ट म्यूजिक भिडियो निर्देशकको अवार्ड समेत जितेका छन् ।
भिडियो
प्रतिक्रिया 4