Comments Add Comment

गुल्मीमा आशालाई सहयोग

२५ असोज, गुल्मी । अपाङ्गगताको क्षेत्रमा काम गर्दै आएको आशा अपाङ्ग केन्द्र गुल्मीलाई दुई संस्थाले आर्थिक सहयोग गरेका छन् ।

बुधवार जिल्लाको सदरमुकाम तम्घासमा सम्पन्न एक कार्यक्रममा नौमति बाजा यूके र जिल्लास्थित ब्याटमिण्टन संघले आर्थिक सहयोग गरेका हुन् ।

अपाङ्गगताको क्षेत्रमा खचिर्ने गरी नौमति बाजा यूकेबाट १ लाख ७३ हजार २ सय ६४ रुपैयाँ र ब्याटमिण्टन खेल आयोजनाबाट ६१ हजार १ सय ११ रुपयाँ, जिल्लास्थित समाजसेवी तथा व्यापसायी निर्मला केसीबाट ५ हजार, चित्रबहादुर डम्मरपालबाट ५ हजार रकम केन्द्रलाई सहयोग गरेका हुन् ।

केन्द्रलाई प्राप्त सहयोग रकम रेसुङ्गा नगरपालिका नगर प्रमुख डिल्लीराज भुसालले हस्तातरण गरेका थिए ।

आशा अपाङ्ग केन्द्रलाई सहयोग गर्न भन्दै जिल्लाका केही दिन अघि दशैं तिहारको अवसरमा जिल्ला स्तरीय खुल्ला ब्याटमिण्टन प्रतियोगिता समेत आयोजना गरिएको थियो ।

प्रतियोगितबाट उठेको रकम केन्द्रलाई सहयोग गरेका छन् । नौमति बाजा समूहबाट हस्तातरण गरेको रकम मध्ये मुसिकोट नगरपालिमा रहेका दृष्टि बिहिनलाई ५० हजार दिइने र बाकी आशा अपाङ्ग केन्द्रबाट अपाङ्गगताको क्षेत्रमा खर्चिने गरि रकम हस्तातरण भएको केन्द्रकी उपाध्यक्ष गंगा रायमाझीले जानकारी दिइन् ।

जिल्लामा आशा अपाङ्ग केन्द्रले बिभिन्न गैरसरकारी संस्था तथा बिभिन्न संस्थाहरुको सहयोगमा प्राप्त रकमबाट अपाङ्गगताको क्षेत्रमा उदाहरणीय काम गर्दै आएको छ ।

गुल्मी जिल्लाबाट विदेशका बिभिन्न देशहरुमा रहेका नेपालीहरुले केन्द्रलाई बिभिन्न खाले सहयोग गर्दै आएका छन् ।

केन्द्रबाट अपाङ्गगता भएका ब्यक्तिहरुको सहयोगार्थ जिविकोपार्जन गर्न सक्ने तथा बिभिन्न आयआर्जन गर्न सक्ने गरी सहयोग गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment