Comments Add Comment

विश्वकपमा छनोट नभएको भए पागल हुन्थेँः मेस्सी

विश्व फुटबलकै अविस्मरणीय रातः उत्साह, निराशा, गर्व ...

मैले केटाहरुलाई भनेको थिएँ- अर्जेन्टिनाका लागि मेस्सी विश्वकपमा थिएनन्, तर फुटबलले मेस्सीलाई विश्वकपमा ल्यायो ।’

मेस्सीले अरिअरको ४४औं हृयाटि्रकमार्फत इक्वेडरबिरुद्ध शानदार जित दिलाउँर्दै अर्जेन्टिनालाई विश्वकपमा पुर्‍याएपछि प्रशिक्षक जर्ज साम्पाओलीले दिएको पहिलो प्रतिक्रिया हो यो ।

सन् २०१४ को उपविजेता अर्जेन्टिनाले खेल सुरु हुनुअघिसम्म छैटौं स्थानमा थिए । र, उनीहरुलाई थाहा थियो कि चार टिममात्र विश्वकपमा छनोट हुनेछन् ।

३८ सेकेण्डमै अर्जेन्टिनाबिरुद्ध गोल गरी इक्वेडरले क्वीटोमा भयानक सुरुवात गर्‍यो । तर, बार्सिलोनाका सुपरस्टारले अर्जेन्टिनालाई खेलमा मात्र फर्काएनन्, अर्को वर्षको रुस विश्वकपमा टिकट सुरक्षित गरे ।

यतिमात्रै होइन, मंगलबारको रात फुटबलका लागि धेरै अविस्मरणीय घटना भयो

१. पानामा पहिलो पटक विश्वकपका लागि छनोट भयो । कोष्टारिकाबिरुद्ध विवादास्पद गोलको सहयोगमा उसले विश्वकपको ऐतिहासिक यात्रा तय गरेको हो ।

२. अमेरिका सन् १९८६ पछि पहिलो पटक विश्वकपमा सहभागिता जनाउन असफल रहृयो । उसले टि्रनिडाड एण्ड टोबाकोसँग पराजय ब्यहोरेको हो ।

३. ब्राजिलसँग ३-० ले पराजित हुँदै दक्षिण अमेरिकी च्याम्पियन चिली विश्कपबाट बाहिरियो, जसका कारण उसका प्रशिक्षक जुहान एन्टोनियो पिज्जीले पदबाट राजीनामा दिए ।

४. पोर्चुगलले स्वीट्जरल्याण्डलाई हराउँदै विश्वकपमा छनोट हुँदा गत संस्करणको सेमिफाइनलिष्ट नेदरल्याण्ड्स विश्वकपमा छनोट हुन सकेन ।

अर्जेन्टिना

मेस्सीले भनेका छन् कि विश्वकपमा छनोट हुन नसकिएको भए उनी ‘पागल’ नै हुने थिए । तर, उनकै महान प्रदर्शनले अर्जेन्टिनाले लगातार १२औं पटक विश्वकपमा स्थान सुरक्षित गर्‍यो ।

इक्वेडरले पहिलो मिनेटमै गोल गरेर अर्जेन्टिनाको दबाबको पारो अझै बढायो । तर, पहिलो हाफमै मेस्सीको दुई गोलले दबाब केहि शान्त भयो । तर, जित सुनिश्चित भइसकेको थिएन । इक्वेडरका गोलरक्षक म्याक्सिमो बानगुएरालाई थोरै बिट गरी प्रहार गरेको ‘चीप सट’ गोल भएपछि उनको रुस यात्रा निश्चित प्रायः भयो ।

साम्पाओलीले मेस्सीमाथि अधिक भर नगर्न चेतावनी पनि दिएका थिए । तर, उल्लेखनीय कुरा के छ भने ११ महिनायता अर्जेन्टिनी टोलीबाट मेस्सीबाहेक अन्यले गोल गर्न सकेका छैनन् ।

‘आज, सौभाग्यवस, संसारको सबैभन्दा उत्कृष्ट खेलाडीको राष्ट्रियता अर्जेन्टाइन हो’ प्रशिक्षक साम्पाओलीले थपे ।

‘हामी के कुरामा स्पष्ट छौं भने सबै लियोमा निर्भर छैनौं, तर उनले आजको खेलमा आफ्नो अद्भूत् क्षमता देखाए । मैले केटाहरुलाई भनेको थिएँ कि हामीले उनलाई विश्वकपमा सहभागी हुन सहयोग गर्नुपर्छ ।’

पानामा

जनसंख्याको हिसावमा संसारको १३१औं स्थानमा आउने पानामाले आफ्नो सबैभन्दा ठूलो फुटबल उपलब्धीको रुपमा बुधबार बिहान विश्वकपमा स्थान बनायो । उसको यो पहिलो विश्वकप यात्रा हो ।

तर, यो विवादमुक्त भने रहेन । पानामाका ग्याबि्रयल टोरेसले गरेको बराबरी गोलको हेडर बलले गोललाइन क्रस नगरेको दाबी कोष्टारिकाको छ । भ्रमणकारी टोली कोष्टारिकाले लामो समयसम्म यसबारे विवाद गरिराख्यो । तर, खेल सकिनु केहि अघि रोमन टारेसले गोल गर्दै पानामालाई स्पष्ट जित दिलाए ।

अघिल्लो विश्वकपमा पानामाको भाग्य ठ्याक्कै उल्टो थियो । पानामा विश्वकपमा सहभागी हुन पाएन । छनोट चरणको निर्णायक खेलको इन्ज्यूरी समयमा अमेरिकासँग दुई गोल खाएपछि पानामा पछि परेको थियो । यद्यपि यस पटक भने उसले ८७ औं मिनेटमै जित पक्का गर्‍यो ।

टिमले विश्वकपमा स्थान बनाइरहँदा राष्ट्रपति जुआन कार्लोसले भने जितको खुसीमा सार्वजनिक विदा दिने निर्णयमा हस्ताक्षर गरिरहेका थिए ।

अमेरिका

पानामाको विपरित, संयुक्त राज्य अमेरिकाको जनसंख्या ३२३.१ मिलियन छ । १.३ मिलियन जनसंख्या रहेको ट्रिनिडाड एण्ड टोबाकोले उसलाई पराजित गरी विश्वकपबाटै बाहिर पठाइदियो ।

यस खेललाई एक अमेरिकी पत्रकारले अमेरिकी फुटबल इतिहासकै सबैभन्दा लज्जास्पद रात भनेर टिप्पणी गरेका छन् । खेलको २-१ ले पराजित भएपछि अमेरिकी खेलाडीहरु मैदानमै भावुक भएका थिए ।

‘यसमा हामी दोषी हौं । हामी घरमै बसेर विश्वकप हेनु पर्ने दिन आउन हुँदैनथ्यो । त्यसको जिम्मेबारी म लिन्छु’ प्रशिक्षक ब्रुस एरिनाले भने ।

अमेरिका विश्व बरियातामा २८औं स्थानमा छ ।

कप्तान माइकल ब्राडलीले यस रातलाई ‘उच्च तूफान’का रुपमा चित्रित गरेका छन् । उनले भने, ‘यस रंगशाला र हाम्रो कन्फेडेरेसनका अन्य दुई रंगशालामा जुनसुकै बेला गलत हुन सक्थ्यो, आज त्यही भयो ।’

चिली र पोर्चुगल

ब्राजिलसँग तीन गोल खाएपछि एलेक्सिस सान्चेसको टोली चिली छनोट प्रतियोगिताको तेस्रोबाट छैटौं स्थानमा झरेर विश्वकपको छनौट चरणबाटै बाहिरियो ।

प्रतिबन्धका कारण टिममा नरहेका स्टार मिडफिल्डर अर्टूरो भिडालले खेलपछि ट्वीट गरेका छन् कि ‘म अहिले क्षतविक्षत भएको छु ।’

सान्चेस निराश भइरहँदा अर्का सुपरस्टार फरवार्ड क्रिष्टियानो रोनाल्डो भने खुसीयाली मनाउँदै थिए । अन्तिम खेलमा स्वीट्जरल्याण्डलाई २-० ले हराएपछि पोर्चुगलले प्लेअफ खेल्नु परेन । उ सिधै विश्वकपमा छनौट भयो ।

तर, गत संस्करणमा तेस्रो भएको नेदरल्याण्ड्स अन्तिम खेलमा स्वीडेनलार्इ २-० ले हराए पनि विश्वकपमा छनोट हुन सकेन । विश्वकप सपना जोगाइराख्नका लागि वा प्ले अफमा स्थान बनाउनका लागि डच टोलीलाई स्वीडेनबिरुद्ध ७-० को जित आवश्यक थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment