Comments Add Comment

७५ बर्षमा पनि कसरी आकर्षक र जवान छन् उनी ?

बलिउड अभिनेता अमिताभ बच्चनले जीवनमा भयानक उतार-चढाव झेले । कहिले उनी मृत्युसँग जुधे, कहिले आर्थिक अभावसँग । फिल्म छायांकनको क्रममा घाइते भएका उनी फेरी बाँच्छन् भनेर चिकित्सक स्वंम ढुक्क थिएनन् । तर, चमत्कार भयो । उनी बाँचे ।

कुनैबेला उनी आर्थिक रुपले यति टाट पल्टिएका थिए, त्यो कुनै खराब सपना जस्तै थियो । कतिसम्म भने, उनी ऋण तिर्नै नसक्ने अवस्थामा थिए । घरमै ऋण उठाउन आउनेहरुले नानाभाँती भन्थे ।

उनको करियर पनि स्थिर रहेन । यद्यपी यति उतारचढावमा पनि उनले आफ्नो सन्तुलन गुमाएनन् । त्यही कारण हालैमात्र ७५ औ जन्मदिन मनाउन भ्याए । यो उमेरसम्म पनि उनी तन्दुरुस्त छन् । सक्रिय छन् । फिल्म खेलिरहेका छन् । कार्यक्रममा सहभागी भइरहेका छन् ।

कसरी उनी यत्तिका उमेरसम्म पनि तन्दुरुस्त भए होलान् त ?

यसका लागि उनी नियमित व्यायाम गर्छन् । साथै आफ्नो डाइटमा खास ध्यान दिन्छन् ।

खाली पेटमा पानी र अमलाको जुस

अमिताभ हरेक बिहान एक कप अमलाको जुस पिउँछन् । त्यसपछि दुई गिलास पानी पिउँछन् । अमलाको रसले पाचन यन्त्रलाई बलियो र चुस्त बनाउँछ । साथै अनुहारको चमक पनि ल्याउँछ ।

यस्तो हुन्छ नास्ता

अमिताभ नास्तामा इड्ली र सांभर लिन्छन् । त्यसँगै दुध पनि हुन्छ । इड्ली सांभर कार्बोहाइड्रेटको स्रोत हो । यसले भरपुर इनर्जी पनि मिल्छ ।

ग्रीन टी

बिग बी नास्ता र लन्चको बीचमा ग्रीन टी सेवन गर्छन् । ग्रीन टि एन्टिअक्सिडेन्टको एकदमै राम्रो स्रोत हो । यसले शरीरमा रोग प्रतिरोधात्मक क्षमता बढाउँछ ।

यस्तो हुन्छ लन्च

उनको लन्चमा दाल, चामल, मल्टीग्रेन चियापत्ती र सलाद हुन्छ । दाल प्रोटिनको स्रोत हो । यसले हड्डी र मशल्स बलियो बनाउँछ । उनको खानामा भिन्डीको सब्जी र मुगको दाल हुन्छ । भिन्डीमा भिटामिन्स र बीटा क्यारोटिन हुन्छ । यसबाट इनर्जी मिल्छ ।

कागति पानी

अमिताभ बेलाखबत कागती पानी सेवन गर्छन् । यसमा साइटि्रक एसिड हुन्छ, जसबाट भरपुर इनर्जी मिल्छ ।

साँझ अंकुरित अन्न

बिग बी हरेक साँझ अंकुरित अन्न सेवन गर्छन् । यसमा क्यालोरी कम हुन्छ, जसले तौल नियन्त्रण गर्न सहयोग गर्छ ।

यस्तो हुन्छ डिनर

अमिताभ डिनरमा पनीर भुर्जी, स्यान्डवीच र सलाद खान रुचाउँछन् । सलादमा कोलोस्ट्रोल कम हुन्छ यसले मुटुको समस्याबाट बचाउँछ ।

अमिताभ पालक पनीरका पनि सौखिन हुन् । पालकमा रहेको एन्टिअक्सिडेन्टले बुढ्यौली हुन दिदैन । चाहुरिपना रोक्छ ।

सुत्नुअघि दुध

बिग बी सुत्नुअघि दुध पिउँछन् । दुधमा फाइबर हुन्छ । यसले तौल नियन्त्रणमा सहयोग गर्छ ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment