Comments Add Comment

भारतीय रेल्वेले नेपालको ढुवानी रोक्यो, हजार बढी कन्टेनर अलपत्र

२६ असोज, काठमाडौं । कोलकातास्थित भारतीय बन्दरगाह भएर तेस्रो मुलुकबाट आयात हुने र भारतीय रेलमार्गबाट आयात हुने फलाम र बोराबन्द सामानमा एकसाथ अनेक समस्या खडा भएको छ ।

नेपालका लागि विदेशबाट मालसामान बोकी आएका कन्टेनर दुई सातादेखि कोलकातामा थन्किएपछि व्यवसायी विलम्ब शुल्क र जरिवानाको मारमा परेका छन् ।

यता वीरगन्जस्थित सुख्खा बन्दरगाहमा आयातित कार्गोमा विलम्ब हुन थालेको भन्दै भारतीय रेल्वेले गत सोमबारदेखि आउँदो सोमबारसम्म आठ दिनका लागि नेपाली कार्गो ढुवानी रोकेपछि समग्र व्यापार नै प्रभावित भएको छ । आजको नागरिक दैनिकमा खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment