असोज, २६, गुल्मी । जिल्ला अस्पताल तम्घासले पहिलो पटक एपेन्डीसाइटीसको सफल शल्यक्रिया गरेको छ ।
अहिलेसम्म जिल्ला अस्पताल तम्घासमा एपेन्डीसाइटीसको शल्यक्रिया नगरिएको अस्पताल प्रशासनले जनाएको छ । गुल्मीमा शल्यकि्रया नहुेन भएपछि पाल्पा र बुटवल लगायतका स्थानहरुमा बढी खर्च तिरेर उपचारको लागि स्थानीय पुग्ने गरेका थिए ।
अहिले जिल्ला अस्पताल तम्घासमा सरुवा भएर आएका एमडीजीपी डाक्टर उत्तम पच्याले एपेन्डीसाइटीसको सफल शल्यक्रिया गरेका हुन् । ‘मेरो लागि नौलो कुरा भएन जिल्ला अस्पतालमा पहिलो अप्रेशन रहेछ,’ पच्याले भने,’अब धेरै खर्च गरेर एपेन्डिसाइटिसकै लागि बाहिर नजान सवैलाई आग्रह गर्दछु ।’
पहिलो पटक रेसुङ्गा नगरपालिका ९ की ३२ वर्षीया सम्झना मरासिनीको एपेन्डीसाइटीसको शल्यक्रिया गरिएको हो ।
उनी जिल्ला अस्पताल तम्घासमै कार्यरत कर्मचारी हुन् । अहिलेसम्म जिल्ला अस्पतालमा यो रोगको उपचार नभएपनि डाक्टरको हिम्मतको कदर गर्नकै लागि आफूले शल्यक्रिया गर्न सहमति जनाएको सम्झनामा श्रीमान बासु मरासिनीले बताए ।
‘जोखिम मोलेकै हुँ, तर सफल भयो खुसी छु,’मरासिनीले भने,’आफुपनि डाक्टरको क्षमताबाट प्रभावित भए ।’ जिल्ला अस्पताल यो रोगको उपचारका लागि योग्य भएकाले गर्ने नगर्ने भन्ने कुरा डाक्टरको हातमा भएको शल्यक्रियामा सहभागी डाक्टर पच्याले बताए ।
पच्याकै अनुसार बाहिर प्राइभेट अस्पतालमा गएर एपेन्डीसाइटीसको उपचार गर्दा ४० देखि ५५ हजार खर्च हुने गर्दछ ।
जिल्ला अस्पतालमा करीब ८ हजारमा सो रोगको उपचार हुने डाक्टर पच्याले बताए । उनी जिल्ला अस्पताल ताप्लेजुङ्कबाट सरुवा भएर भदौ १ गते जिल्ला अस्पताल तम्घास आउएका हुन् ।
उनले अहिले प्रस्सुति सम्बन्धी जटिल शल्यक्रिया समेत धेरै गर्दै आएका छन् । गएको वर्ष १३ वटा मात्र जटिल शल्यक्रिया भएका थिए । तर, पच्याले अहिले डेढ महिनाकै अबधीमा १९ वटा जटिल शल्यक्रिया गरेका छन् ।
प्रतिक्रिया 4