Comments Add Comment

कृषि सम्भाव्यता अध्ययन गर्न चीनको टोली गुल्मी आउँदै

२६ असोज, गुल्मी । गुल्मीको ग्रामीण क्षेत्रमा कृषि क्षेत्रको सम्भाव्यता अध्ययन गर्न चीनको राज्यसभा मातहत रहेको अनुसन्धान विकास केन्द्रको उच्चस्तरीय टोली मुसिकोट नगरपालिकामा आउने भएको छ ।

नेपालको ग्रामीण भेगका कृषि क्षेत्रलाई आधुनिकीकरण र विकासको लागि यही शुत्रबार चिनियाँ टोली मुसिकोट नगरपालिका-१ को पौदी क्षेत्रको सम्भाव्यता अध्ययनको लागि आउने भर्माचौर नमूना एकीकृत कृषि र्फम मुसिकोट नगरपालिका १ का सचिव दिनानाथ पौड्यालले जानकारी दिए ।

सोही दिन कृषि उत्पादनहरुको संकलन तथा प्रर्दशन कार्यक्रम भएको हुँदा आ-अाफ्ना गाँउघर तथा छरछिमेकमा कृषकहरुले उत्पादन गरेका कृषि उपज तथा उत्पादित बस्तुहरुलाई कृषि प्रर्दशनी मार्फत उत्कृष्ट कृषकलाई पुरस्कृत समेत गर्ने जानकारी दिए ।

नेपाली काँग्रेसका युवा नेता दामोदर भुसालले जैविक कृषि प्रणालीको सम्भाव्यता र कृषि क्षेत्रमा नेपाल र चीनको सहकार्यका लागि सम्भाव्यता अध्ययन गर्नका चीनका ८ जना विशेषज्ञ सहितको टोली आउने बताए ।

कृषिको अध्ययन अनुसन्धानको लागि चीन सरकारले उपलब्ध गराएको छात्रवृत्तिमा विद्यावारिधी गर्दै गरेका भूषालको विशेष पहलमा आउन लागेका हुन् ।

त्रिभुवन विश्वविद्यालय बनस्पति विभागको आयोजना र स्थानीय भर्माचौर नमूना एकीकृत कृषि र्फम मुसिकोट नगरपालिका १ गुल्मीको समन्वयमा चीनको केन्द्रीय सरकारको मातहतमा रहेको विकास अनुसन्धान केन्द्रको उच्चस्तरीय टोली गुल्मी तथा बागलुङको पौदी क्षेत्रमा कृषि अनुसन्धान परीक्षण सम्भाव्यता अध्ययनका लागि आउन लागेको नेता भूषालले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment