Comments Add Comment

जन्मदिनमा निर शाहले संझिए सडक दुर्घटनाको घटना


नेपाली चलचित्र क्षेत्रमा ५० बर्षदेखि सक्रिय रहेका निर्देशक, निर्माता तथा कलाकार निर शाहले आफ्नो ६४ औं जन्मदिन कलाकर्मीसँग मनाएका छन् । जन्मदिन खासै नमनाउने निर शाहले यसपटकको जन्मदिन विशेष रहेको बताए । निर शाहको जन्म वि.सं २०१० मा भएको हो ।

नायिका गौरी मल्ल, पूजा शर्मा, कलाकार अनुराग कुँवर, संगीतकार चेतन सापकोटा लगायतको उपस्थितीमा निर शाहले आफ्नो जन्मदिन विशेष रुपमा मनाएका हुन् ।

निर शाहले आफूले निकै कम जन्मदिन मनाएको भन्दै यो बर्षको जन्मदिन आफ्ना लागि विशेष भएको सुनाए । साथै, उनले सन् २०१० को जन्मदिनको पल पनि संझिए । उनले भने-‘सन् २०१० को जन्मदिनको दिन सिम्लामा हुँदा मैले पूर्नजन्म नै पाएको थिएँ । म ठूलो सडक दुर्घटनाबाट बाच्न सफल भएको थिएँ ।’

निर शाहको जन्मदिनमा उपस्थित कलाकारले उनको व्यक्तित्व र चलचित्र क्षेत्रमा उनले पुर्‍याएको योगदानको उच्च कदर गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment