+
+
Shares

मन्त्रीलार्इ मोसो दल्न गएका विद्यार्थीको कर्मचारीसँग झडप

अनलाइनखबर अनलाइनखबर
२०७४ असोज २७ गते १३:११

२७ असोज, काठमाडौं । शिक्षा मन्त्रालयका कर्मचारी र नौ विद्यार्थी संगठनहरुबीच झडप भएको छ । शिक्षामन्त्री गोपालमान श्रेष्ठलाई कालोमोसो दल्न पुगेका विद्यार्थीहरुलाई कर्मचारीहरुले रोक्न खोज्दा झडप भएको हो ।

नेविसंघ बाहेकका नौ विद्यार्थी संगठनहरु शुक्रबार ज्ञापनपत्र बुझाउने भन्दै ढाँटेर मन्त्रीको कार्यकक्षमा पुगेका थिए । त्यसलगत्तै उनीहरुले ढोका थुनेर नाराबाजी सुरु गरेका थिए । उनीहरुले शिक्षामन्त्रीको राजीनामा माग्दै नारावाजी गरेका थिए ।

शिक्षा विधेयकको नवौ संशोधन फिर्ता गर्नुपर्ने, बिभिन्न कलेजहरुलाई दिइएको सम्वन्धन खारेज गर्नुपर्ने लगायतका नारा विद्यार्थीहरुले लगाएका थिए । झण्डै आधा घण्टासम्म नारा लगाएपछि प्रहरीले हस्तक्षेप गरेको थियो । त्यसपछि विद्यार्थीहरु कार्यकक्षबाट बाहिरिएका थिए ।

कर्मचारीहरुले विद्यार्थीहरुलाई रोकेपछि झडप भएको अनेरास्ववियुका सचिव आरसी लामिछानेले जानकारी दिए ।

बिहीबार बसेको नौ विद्यार्थी संगठनहरुको बैठकले शिक्षामन्त्री श्रेष्ठले नेपालको शिक्षा नीतिलाई तहस नहस गरेको आरोप लगाउँदै सार्वजनिक बहिष्कार गर्ने निर्णय गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?