Comments Add Comment

एन्जेलिनाले लगाइन् निर्मातामाथि यौन उत्पीडनको आरोप


हलिउड नायिका एन्जेलिना जोली र ग्विनेथ पाल्त्रोवले हलिउडका प्रसिद्ध चलचित्र निर्माता हार्वे विनस्टीनमाथि यौन उत्पिडनको आरोप लगाएकी छिन् ।
दुवै नायिकाले चलचित्रमा प्रवेश गर्दाको समयमा आफूहरु यौन उत्पिडनमा परेको बताएका छन् । यसअघि पनि केहि नायिकाले उनीमाथी यौन उत्पिडनको आरोप लगाएका थिए । ‘द न्यू योर्कर’ म्यागेजिनमा प्रकाशित खबरको विनस्टिनले भने आरोप अस्वीकार गरेका छन् ।

पूर्व अमेरिकी राष्ट्रपति बाराक ओबामा र श्रीमति मिचेल ओवामाले पनि महिलाको समर्थनमा बयान दिएका छन् । ‘विनस्टिनको सन्दर्भमा आएको खबरले हामीलाई झट्का लागेको छ । अघी बढेका महिलाको साहसको सराहाना गर्छौ ।’ ओवामा दम्पत्तीले भनेका छन् ।

आरोप लागेपछि विनस्टिनको कम्पनीले उनलाई निकालिदिएको छ । त्यसो त उनकी श्रीमति डिजाइनर जियार्जिना स्याम्पम्यानले पनि ‘पिपुल म्यागजीन’ मार्फत विनस्टिनलाई छोडदिएको धारणा राखेकी छिन् ।

गएको हप्ता न्युयोर्क टाइम्समा प्रकाशित खबर अनुसार जोलीले भनेकी छिन्-‘यूवा अवस्थामा विनस्टिनसँग मेरो निकै खराब अनुभव छ । त्यहि कारण मैले फेरि उनको चलचित्र काम गरिनँ ।’

पाल्त्रोवले भनेकी छिन्-‘एम्मा’मा मुख्य भुमिकामा लिएपछि मलाई उनले बेडरुममा र शरीरमा मालिस गर्न लगाए । उनले अगाडि भनेकी छिन्-‘म सानै थिएँ । त्यसकारण उनले भने अनुसार गरेँ तर, केही भनिनँ ।’

न्यूयोर्कको रिपोर्टमा उल्लेख भए अनुसार विनस्टिनसँग जोडिएका १६ कर्मचारीले विनस्टीनले मौकाको फाइदा उठाएको उल्लेख गर्दै यौन चाहना राखेको आरोप लगाएका छन् ।

सन् १९९६ मा अस्कर अवार्ड जितेकी नायिका मिरा सार्विनोले पनि विनस्टीनले सम्बन्ध राख्न दवाव दिएको उल्लेख गरेकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment