२७ असोज, विराटनगर । उपराष्ट्रपति नन्दकिशोर पुन पासङले प्रदेशसभा र प्रदेशसभाको निर्वाचन निर्धारित समयमा गर्नुको विकल्प नरेहको बताएका छन् ।
उनले जुनसुकै अवस्थामा पनि यी दुई निर्वाचन तोकिएकै समयमा हुनपर्नेमा जोड दिए । तेस्रो क्षेत्रीय स्काउटर ज्याम्बोरेट २०७४ को शुक्रबार विराटनगरमा उद्घाटन गर्दै उपराष्ट्रपति पुनले निर्वाचन ठूलो उत्सवका रुपमा सम्पन्न हुने विश्वास व्यक्त गरे ।
उपराष्ट्रपति पुनले निर्वाचन निष्पक्ष,भयरहित र शान्तिपूर्ण रुपमा सम्पन्न गर्न सवै पक्ष गम्भीर भएर लागुन पर्ने बताए ।
उनले स्थानीय तहको निर्वाचनवाट सिंहदरवार गाउँगाउँमा पुगेको र जनताले आफनो शासन आफैले गरेको बोध नवनिर्वाचित जनप्रतिनिधिहरुले गराउन सक्नु पर्ने वताए ।
त्यसका लागि निर्वाचित जनप्रतिनिधिहरुले संविधान प्रदत अधिकार जनभावना अनुसार काम गर्नु पर्ने उनको भनाई थियो ।
ज्याम्बोरेटमा देशका बिभिन्न ३५ जिल्लाका ३ हजार पाँच सय स्काउटर बालबालिकाहरु भेला भएका छन ।
जेम्बोरेटमा बिभिन्न जिल्लाका १३ देखि १६ वर्ष उमेर समूहका स्काउटर बालबालिकाहरुले सहभागिता रहेको छ ।पाँच दिनसम्म सञ्चालन ज्याम्बोरेटक चल्ने छ ।
बिराटनगर स्थित महेन्द्र मोरङ क्याम्पस परिसरमा अयोजना भएकोे जेम्बोरेटमा सहभागी स्काउटर बालबालिकाहरुले बिभिन्न साहसीक, साँस्कृतिक र मनोरन्जनात्मक कलाहरु प्रर्दशन गर्ने कार्यक्रम संयोजक नबल प्रसाद उपाध्यायले जानकारी दिए ।
बिभिन्न जिल्लाबाट जेम्बोरेटमा सहभागी हुन आएका स्काउटर बालबालिकाहरु पाँच दिन जेम्बोरेट स्थलमै वेश क्याम्प बनाएर आफै खाना बनाएर वास बस्नेछन् ।
जेम्बोरेटका लागि मोरङग क्पाम्पस हातामा ४० वटा वेश क्याम्पहरु निर्माण गरेको कार्यक्रम संयोजक उपाध्यायले बताए ।
जेम्बोरेटलाई सफल बनाउन नेपाल प्रहरी र सशस्त्र प्रहरीले बाहिरी घेरामा सुरक्षा दिने आयोजकले जनाएको छ ।
एक नम्बर प्रदेशमा पहिलो पल्ट २०५९ सालमा धरानमा र त्यसपछि २०६९ मा झापाको दमकमा जेम्बोरेट सम्पन्न भएको थियो ।
प्रतिक्रिया 4