Comments Add Comment

मध्यरातसम्म हिमेशले तताए काठमाण्डौ


शनिबार बेलुकी ७ बजेदेखि नै काठमाण्डौको त्रिपुरेश्वरमा रहेको वल्र्ड ट्रेड सेन्टरमा अवस्थित ‘कर्मा बार’मा यूवायूवतीको भिडभाड बढेको थियो । ९ बजेसम्म त यूवायूवती नेपाली पप तथा चलचित्रका गीतमा झुमिसकेका थिए ।

तर, २ सय भन्दा बढी यूवायूवती त्यहाँ पुग्नुको कारण, डिजेका गीतमा झुम्नु मात्र थिएन । बलिउडका चर्चित संगीतकार तथा पाश्र्व गायक हिमेश रेशमियाको गीतमा झुम्नका लागि उनीहरु त्यहाँ पुगेका हुन् ।

९ बजे हिमेश स्टेजमा आउने बताइएतापनि उनी रातको ११ बजे मात्र स्टेज चढेका थिए । स्टेजमा आउने वित्तिकै नेपाल र नेपालीलाई अभिवादन गरेका हिमेशले एकपछि अर्को हिट गीत गाएर दर्शकलाई झुमाए ।

उनको कन्सर्ट हेर्नका लागि नेपाली चलचित्र र सांगीतिक क्षेत्रका नायक-नायिका, गायक-गायिका पनि पुगेका थिए । नायिका सुष्मा कार्की, अनिता आचार्यदेखि गायिका सहिमा श्रेष्ठसम्म हिमेशको कन्सर्ट हेर्न पुगे ।

हिमेशले २ घन्टा भन्दा बढी लामो प्रस्तुतीमा चलचित्र र एल्बमका गीतहरु गाए । ‘आपका सुरुर, हुक्का बार, तेरी मेरी प्रेम कहानी’ लगायतका चर्चित गीत गाएर उनले दर्शक झुमाए ।

तस्बिरः केशव खड्का

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment