Comments Add Comment

‘अमेरिका बोइज’को घोषणा, पर्दामा सुनिलदेखि श्रृष्टीसम्म


काठमाण्डौमा एक कार्यक्रमको आयोजना गर्दै चलचित्र ‘अमेरिका बोइज’को घोषणा गरिएको छ । यो चलचित्रलाई प्रवेश पौडेलले निर्देशन गर्दैछन् । निर्देशकका अनुसार चलचित्रको अधिकांश छायांकन नेपालमै हुनेछ ।

यो चलचित्रमा अर्पण थापा, सुनिल थापा, हरिहर शर्मा, सन्दिप क्षेत्री, कामेश्वर चौरासिया र श्रृष्टी कार्की लगायतका कलाकारको मुख्य भूमिका रहनेछ ।
प्रकाश भुजेल र अनुप थापा कार्यकारी निर्माता रहेको चलचित्रलाई एक करोडको बजेटमा निर्माण गर्ने निर्माणपक्षको भनाइ छ । चलचित्रमा इन्द्रप्रसाद खरेल र डम्बर चन्दको लगानी रहनेछ ।

चलचित्रले ३ यूवाले गर्ने एक गल्तीबाट उत्पन्न हुने समस्याको कथालाई उठान गर्ने निर्देशक पौडेलले जानकारी दिए । उनले नेपालीहरुले भोगेका र देखेका समस्याहरुलाई चलचित्रमा उतार्ने बताए । यो चलचित्रमा निमेष श्रेष्ठको सम्पादन, दीपक आरजे र जयन जे वाइवाको संगीत रहेको छ । तिहार लगतै चलचित्रको छायांकन सुरु हुने पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment