Comments Add Comment

जिउँदो ढुंगा, जो रुखझैँ बढिरहेको छ (तस्वीरसहित)

रोमानियामा एउटा यस्तो गाउँ छ जहाँ, जिउँदो ढुंगाहरु पाइन्छ । यो कुरामा विश्वास गर्न गाह्रो हुन्छ । वास्तवमा यो ढुंगाले आफ्नो आकार बदलिरहन्छ ।

विश्वका कैयन् भुगर्भशास्त्रीहरुले यी ज्यूँदा ढुंगाहरुको अध्ययन गरिरहेका छन् । अहिलेपनि यी ढुंगाहरुको आकार बढिरहेको छ, जुन रहस्यमय बनिरहेको छ ।

स्थानीय बासिन्दाहरुका अनुसार पानीसँगको सम्पर्कमा आउने बित्तिकै यी ढुंगाहरुको आकारमा बदलाव आउँदछ ।

वैज्ञानिकहरुका अनुसार ढुंगामा रहेको लवणको अत्यधिक मात्राका कारण ढुंगामा पानी पर्ने बित्तिकै ढुंगा फुल्न जाने र यसको आकार बढ्ने भएको हुनसक्छ । तर ती गाउँका ढुंगाहरु बढ्नको खास कारण अहिलेसम्म पत्ता लाग्न सकेको छैन । एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment