Comments Add Comment

खुला आकाशमुनि पढ्न बाध्य छन् बालबालिकाहरु

घरबाटै बोरा बोकेर पढ्न जान्छन् बालबालिका

सिरहाको रामपुर प्राथमिक बिद्यालयमा अध्ययन बालबालिकाहरु खुला आकाशमूनि पढ्न बाध्य भएका छन् ।

विद्यालय भवनको छानो समेत छैन । विद्यालयमा न त डेस्कबेन्चको नै व्यवस्था छ । उनीहरु भुँइमै बसेर पढ्न बाध्य छन् ।

विद्यालयमा २५० विद्यार्थी छन् । जस मध्ये बाल कक्षा र कक्षा एकमा विद्यार्थी  बस्ने डेक्स बेन्च पनि छैन । कोठाको छानो पनि छैन ।

बाल कक्षामा अध्ययन गर्ने बालबालिकाका लागि मोटो कार्पेट सहितको कक्षा कोठा र बालबालिका मैत्री राउन्ड टेबल हुनु पर्ने ब्यबस्था भएपनि रामपुर प्राबिमा अध्ययन गर्ने बालबालिकाहरु थोत्रे काठपात राखेको गोदाम जस्तो कोठामा पढ्छन् ।

बालबालिकाहरुले घरैबाट बोरा लिएर त्यही ओछ्याएर बस्ने गरेका छन् । पातलो एकसरो बोराबाट चिसो आउने हुँदा बालबालिकाहरु मुस्किलले मात्र विद्यालयमा बस्ने गरेको अभिभावकले बताउने गरेका छन् ।

दुई वर्ष अघि हावाहुरीले विद्यालयको छानो उडाएको थियो । छानो नहुँदा शीत लहर र प्रचण्ड गर्मी खुल्ला आकाश मुनी नै झेल्नु पर्ने अवस्था रहेको स्थानीय ककुल्ती रामले बताइन् ।

अत्याधिक गर्मी र हावाहुरीको समयमा बिद्यालयले बालबालिकालाई बिदा दिने समेत गरेको छ ।

भत्केको छानो मुनी ठूलो कष्टले बालबालिका पढ्न बाध्य भएको अबिभाबक राजकुमारी मोची बताइन् ।

छानो हावा हुरीले उडाएको दुई वर्ष भइसक्दा पनि मर्मत नगर्दा विद्यार्थीको पढाई लेखाई बिग्रेको मोचीको भनाइ छ ।

विद्यालयका प्राध्यानाध्यापक प्रकाश गुप्ताले विद्यालयको कुनै श्रोत नभएकाले भत्किएको छानो मर्मत गर्न नसकेको बताए ।

विद्यार्थीहरुलाई अप्ठ्यारो भएको स्वीकार गर्दै उनले विद्यालयसँग कुनै श्रोत नभएकाले बाध्यताबस खुल्ला आकाशमुनी पठाउनु परेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment