Comments Add Comment

साहरुखलाई स्टार बनाएका लेख टण्डनको निधन


एउटा गुमनाम ठिटोलाई ब्रेक दिएका थिए निर्देशक लेख टण्डनले । त्यहि गुमनाम ठिटोलाई आज बलिउडले ‘किङ खान’ मान्छ । १३ फेब्रुअरि १९२९ मा लाहोरमा जन्मेका उनै टण्डनको निधन भएको छ ।

एक अन्तरवार्ताको क्रममा टण्डनले भनेका थिए–‘८० को दशकमा दिल्लीमा टीभी सिरियलको सुटिङ हुँदै थियो । एउटा ठिटो (साहरुख खान) सेटमा कसैलाई छोड्न आएको थियो । उसको कपाल निकै लामो थियो । मैले रोकेँ र भने मसँग काम गर्ने हो भने कपाल काट्नुपर्छ ।’

‘म कपाल काटुँला तर, तपाइले काम दिनु भएन भनेँ ।’ निर्देशकले भने–‘कपाल काट काम पक्का दिन्छु ।’ साहरुखले कपाल काटेर आए । टण्डनले भने–‘यस्तोले हुँदैन अझै छोटो बनाउनु पर्छ ।’

टण्डनको भनाई अनुसार साहरुखले सिरियलमा निकै राम्रो काम गरे । अर्को सिरियल ‘फौजी’मा पनि काम दिए, निर्देशक टण्डनले । ‘फौजी’मा काम गरेपछि शाहरुखका लागि बलिउडको ढोका खुल्ला भयो । ६० को दशकमा उनले शम्मी कपुरको साथ प्रोफेसर  प्रिन्स जस्तो ब्यबसायिक चलचित्र बनाएका थिए ।

७० को दशकमा उनले राजेश खन्नालाई लिएर ‘अगर तुम न होते’ बनाए, जतिवेला खन्नाको सुपरस्टार छवि धर्मराउँदो थियो । लेखनमा पनि टण्डन शसक्त थिए । उनी फिचर चलचित्र र सिरियलको स्क्रिप्ट लेखनमा पोख्त थिए । ‘दुल्हन वही जो पिया मन भाए’ का लागि उनले फिल्मफेयर स्क्रिनप्ले अवार्ड पाएका थिए ।

साहरुख र लेख टण्डनको विचमा गुरु चेलाको सम्बन्ध छ । शाहरुख अभिनित ‘स्वदेश र चेन्नइ एक्सप्रेस’मा टण्डनले अभिनय पनि गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment