+
+
Shares

विद्युत् मर्मत गर्दा लडेर एक कामदारको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७४ कात्तिक १ गते १२:४६

१ कात्तिक, सिरहा । जिल्लाको  गोलबजार नगरपालिका-९ स्थित मारुती सिमेन्ट फ्याक्ट्रीमा कार्यरत एक कामदार लडेर मृत्यु भएको छ ।

विद्युत् मर्मत गर्ने क्रममा लडेर मारुती सिमेन्ट फ्याक्ट्रीमा कार्यरत कामदार मोरङको विराटचोक निवासी २० वर्षीय मनिस चौधरीको मृत्यु भएको हो ।

विद्युत् मर्मत गर्ने क्रममा लडेर गम्भीर घाइते भएका चौधरीको सिरहाको कर्जन्हास्थित फूलकुमारी मिमोरियल अस्पतालमा उपचारको क्रममा गएराति मृत्यु भएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?