Comments Add Comment

तिहारमा ७० करोडको विद्युतीय सामाग्री कारोबार

१ कात्तिक, चितवन । तिहारको अवसरमा नेपालमा हरेक वर्ष जस्तो ७० करोडभन्दा बढीको विद्युतीय सामाग्रीहरूको कारोबार हुने गरेको छ । तिहारका बेलामा मालाबत्ती, विभिन्न रंगका डिस्को बल्बहरू, मूर्ति बनेर बल्ने सामाग्रीहरू, आवाज दिने खालका बल्बहरू बढी बिक्री हुन्छन् । यस्ता सामाग्रीहरु तिहारलाई नै लक्षित गरी व्यापारीहरुले आयात गर्दछन् ।

विगतका वर्षहरुमा लोडसेडिङको समस्याका कारणले त्यति बिक्री नभएको भएपनि गत वर्षदेखि हटेको लोडसेडिङपछि कारोबारमा वृद्धि भएको नेपाल विद्युत व्यवसायी महासंघले जनाएको छ । ‘व्यवसायीहरुले धेरै मात्रामा मगाएको माल बिक्दै नबिक्ने हो कि भन्ने चिन्ता अहिले छैन,’ महासंघका अध्यक्ष तेजनारायण खरेलले भने ।

तिहारको बेलामा नै नयाँ घर बनाउने व्यक्तिहरुले घर सजाउँछु भन्ने धारणा पनि बनाउने गरेकाले तिहारमा हाइ स्केलमा सामान मगाउने गरेको खरेलको भनाई छ । तिहारलाई लक्षित गरी एकपटक विद्युतीय समाग्री खरिद गरेको व्यक्तिले लगत्तै अर्को वर्ष एकपटक सामान खरिद नगर्ने हुँदा कारोबार दोब्वर तेब्बर नहुने महासंघका अध्यक्ष खरेलले बताए ।

‘अहिलेको तिहारमा किनेको १५/२० प्रतिशत मात्रै खराब हुनसक्छ । अरु सबै पुरानोले काम गरिरहेको हुन्छ । नयाँ बन्ने र थपिने घर धनिहरुले मात्रै विषेश गरी समाग्री किन्ने गर्दछन्,’ महासंघका अध्यक्ष खरेलले भने, ‘अघिल्लो वर्ष नकिनेकाहरुले किन्ने हो । पहिले नै लगेकाहरुले आइटम थप गरेर लैजान्छ । यस्ता सामग्री सुरक्षित तरीकाले तानतुन नगरिकन राख्यो भने ५/६ वर्षसम्म अर्को किन्नुपर्ने अवस्था आउँदैन ।’

तिहारमा नेपाल भित्रिने विद्युतीय सामाग्री मध्ये ९० प्रतिशत चीन र भारतबाट आउने गरेको छ । त्यसमध्ये यसपटक चीनबाट बढीइ सामानहरु नेपाल भित्रिएको महासंघका अध्यक्ष खरेलले जानकारी दिए । १० प्रतिशत सामान अन्य देशबाट नेपाल आउने गरेको छ । नेपाल भित्राउँदा विद्युतीय सामाग्रीमा सरकारले १३ प्रतिशत भ्याट र २० प्रतिशत भन्सार कर लगाउने गरेको छ ।

महासंघका देशभर १९ जिल्ला शाखा छन् । चितवनमा मात्रै २ सय सदस्य छन् । नेपालभर करीव २ हजार सदस्य छन् । अब थप २ हजार सदस्य थपिने प्रकृयामा रहेको महासंघका अध्यक्ष खरेलले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment