+
+

डोटी बस दुर्घटना अपडेट : मृतक दुई जनाको सनाखत

रामहरी ओझा  रामहरी ओझा
२०७४ कात्तिक २ गते ११:५२

२ कात्तिक, डोटी । दुई जनाको ज्यान जाने गरी भएको सडक दुर्घटनाको तेश्रो दिन बिहीवार बिहान डोटीमा अर्को दुर्घटना भएको हो ।

डोटी बडीकेदार गाउँपालिका-२ खडेउलीमा भएको दुर्घटनामा तीन जनाको मृत्यु भएको छ ।

अत्तरकाँडाबाट कैलालीको धनगढीका लागि छुटेको ना ३ ख ५६४८ नं. को सुदूरपश्चिम यातायातको बस दुर्घटना हुँदा बडीकेदार गाउँपालिका-४ मान्नाकापडीका अन्दाजी ४५ बर्षीय जगदीश चन्द र सोही गाउँका ३५ बर्षीय निर्मला पुन मगरको घटनास्थलमै मृत्यु भएको हो ।

अर्का मृतक सोही गाउँका तीन बर्षीया बालिका रहेको तर उनको सनाखत नभएको स्थानीयवासीले जानकारी दिएका छन् ।

दुर्घटनामा १२ जना घाईते भएका छन् । घाईतेहरुलाई कर्णाली रिभरसाईडको बसबाट उपचारका लागि धनगढीतर्फ लगिएको स्थानीयहरुले जानकारी दिए । यो समाचार तयार गर्दासम्म प्रहरी घटनास्थलमा पुगेको छैन ।

१५ जना यात्रु बोकेर हिडेको उक्त बस सडकबाट करीव एक सय मिटर तल खोलामा खसेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?