Comments Add Comment

तिहार परिकारः यसरी बनाउनुस् पनिर टिक्का मसला

तिहारको खास परिकार हो, मिठाइ । त्यसबाहेक अन्य परिकार पनि बनाएर स्वाद फेर्न सकिन्छ । जस्तो, पनिर टिक्का । यो भेज, ननभेज दुवैलाई उपयोगी हुन्छ ।

कसरी बनाउने ?

– ३०० ग्राम पनिर, दुई टमाटर, १-१ भेडे खुर्सानी र प्याज (सबै ठूला टुक्रामा काटिएको)

– थोरै फ्रेस क्रिम

– थोरै हरियो धनिया (काटिएको)

मेरिनेसनका लागि

– आधा कप गाढा दही

– १-१ चियाचम्चा तन्दूरी मसला, रातो खुर्सानीको धुलो, चाट मसला र जिरा पाउडर

– १/४ चियाचम्चा हिङ

–  १ टेबलचम्चा मकैको पिठो

– १ टेबलचम्चा तेल

– २ टेबलचम्चा हरियो धनियाँ

– एक चिम्टी अरेन्ज-रेड फुड कलर

–  नुन (स्वादअनुसार)

ग्रेभीका लागि

– ६ टमाटर

– १ प्याज

– १ कली लसुन

– १ गाँजर

– १ टुक्रा अदुवा

– १ टुक्रा दालचिनी

– २ ल्वाङ,

– २ अलैंची,

– २ टेबलचम्चा काजुका टुक्रा

सबै सामग्री मिलाएर प्रेसर कुकरमा पकाउनुस्

अन्य सामग्री

– १/४ कप फ्रेस क्रिम

– १ चियाचम्चा मकैको पिठो

– १ चियाचम्चा रातो खुर्सानीको धुलो

– २ टेबलचम्चा कसुरी मेथी

– २ टेबलचम्चा हरियो धनियाँ

– १ चियाचम्चा तन्दुरी मसला

– १ चुट्की अरेन्ज-रेड फुड कलर

– नुन स्वादअनुसार

कसरी बनाउने ?

– मेरिनेसनको सामग्री मिलाएर पनिर, टमाटर, प्याज र भेडे खुर्सानीलाई मेरिनेट गरेर २० मिनटसम्म राख्नुपर्छ ।

– त्यसलाई ओभनमा दुई सय ५० डिग्रीमा २० मिनटसम्म बेक गर्नुपर्छ ।

– प्रेसर कुकरमा पकाइएको सामग्रीलाई पिस्नुपर्छ ।

– यसमा अन्य सामग्री मिलाउनुपर्छ ।

– एउटा कराहीमा बटर पगालेर ग्रेभीवाला मिश्रणलाई हाल्नुस् र २-३ मिनटसम्म भुट्नुपर्छ ।

– गि्रल गरिएको पनिर टिक्का मिलाउनुपर्छ ।

– क्रिम र हरियो धनियाले सजाएर सर्भ गर्नुपर्छ ।

तयारी पनिर टिक्कालाई सेलरोटी, दालभातसँग खान सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment