Comments Add Comment

विनायक मेयर कप भलिबलको फाइनल शुक्रबार

२ कात्तिक,अछाम । अछामको विनायक नगरपालिमा नगरस्तरिय प्रथम मेयरकप खुल्ला भलिबल प्रतियोगिताको फाइनल खेल शुक्रबार हुने भएको छ ।

प्रतियोगितामा नगरपालिकाका वडा नं. १ र ५ फाइनलमा प्रवेश गरेका छन् ।

प्रतियोगिताको पहिलो खेलमा पञ्चदेवल-विनायक नगरपालिका वडा नं. १ र वडा नं. ५ को टिमले जित हात पार्दै फाइनलमा प्रवेश गरेका हुन् ।

उक्त नगरपालिकको वडा नं. २ लाई हराउँदै वडा नं. ५ र नगरपालिका वडा नं. ७ र वडा नं. ४ लाई हराउदै वडा नं. १ को टिम फाइनलमा पुगेका हुन् ।

यी दुवै टिमले प्रथम स्थानका लागि प्रतिष्पर्धा गर्ने भएका हुन् । वडा नं २ र वडा नं. ४ को भलिबल टिमले अब तेस्रो स्थानका लागि प्रतिष्पर्धा गर्ने भएका छन् ।

महिलातर्फको खेलमा वडा नं. २ र १ को टिमले एक/एक खेल जितेका छन् । पञ्चदेवल-विनायक नगरपालिकाको आयोजनामा भएको खेलमा उक्त नगर क्षेत्रका ५ पुरुष र ३ महिला टिम गरी ८ टिमको प्रतियोगितामा सहभागिता रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment