Comments Add Comment

कालीकोटमा वाम गठबन्धनको उम्मेदवार मन्त्री शाही

३ कात्तिक,  काठमाडाैं । बिना बिभागीय मन्त्री महेन्द्रबहादुर शाही कालीकोटबाट प्रतिनिधिसभा सदस्यका लागि वाम गठबन्धनबाट सर्वसम्मत उम्मेदवार बनेका छन् ।

प्रतिनिधिसभाका लागि माअोवादीको भागमा परेको कालीकोटमा माअोवादीले मन्त्री शाहीलार्इ उम्मेदवार बनाएको हो ।

माअोवादीले संघमा शाही र  प्रदेश (क) मा दुर्गबहादुर रावतलाई टिकट दिएको छ । आकांक्षी धेरै हुँदा लामो कसरतपछि पार्टी केन्द्रले शाहीलाई संघ र रावतलाई प्रदेशसभा सदस्यका लागि टिकट दिएको माअोवादी कालीकोटका इन्चार्ज जीवन बुढाले जानकारी दिए ।

यसअघि शाहीसँगै रावतको नाम पनि प्रतिनिधिसभा सदस्यका लागि सिफारिशभएको थियो ।

कालीकोटको प्रदेश (ख) भने एमालेले पाएको छ । त्यहाँ एमालेबाट  नेशनल शाही उम्मेदवार भएका छन् ।

कालीकोटको प्रदेश (क) एमालेको संगठन बलियो भएको क्षेत्र हो भने (ख) माअोवादी बलियो भएको क्षेत्र हो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment