Comments Add Comment

मोटरसाइकले ठक्कर दिँदा एकजनाको मृत्यु

४ कात्तिक, कपिलवस्तु । मोटरसाइकलले साइकललाई ठक्कर दिँदा कपिलवस्तुमा गए राति एक जनाको मृत्यु भएको छ ।

वाणगंगा नगरपालिका-६ सुठौलीमा बा २ ब ३५७० नं. को सरकारी मोटरसाइकलले बैदौलीतर्फ जाँदै गरेको साइकललाई ठक्कर दिँदा साइकलयात्री स्थानीयवासी ६५ वर्षीय कृष्णप्रसाद आचार्यको मृत्यु भएको हो ।

ठक्करबाट घाइते भएका आचार्यको भैरहवा मेडिकल कलेजमा उपचारका क्रममा शनिबार बिहान १ बजे मृत्यु भएको इलाका प्रहरी कार्यालय पिपराका प्रहरी निरीक्षक राजु कार्कीले जानकारी दिए ।

शव परीक्षणका लागि लुम्बिनी अञ्चल अस्पताल बुलवल पठाइएको छ भने ठक्कर दिने मोटरसाइल प्रहरीको नियन्त्रणमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment